धनकुटा । धनकुटाको मुलघाटस्थित तमोर नदीबाट बेपत्ता भएका युवकको शव छ दिनपछि आज फेला परेको छ । मुलघाटस्थित तमोर किनारमा फोटो खिच्ने क्रममा गत शनिवार नदीमा बगेर बेपत्ता भएका भारतको पुर्णियाका भिनित शर्माको शव फेला परेको प्रहरीले जनाएको छ ।
शहिदभूमी गाउँपालिका–१ गोपालपुर स्थित तमोर नदी किनारमा दिउँसो करिव १२ बजे उनको शव भेटिएको धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
शर्मा बेपत्ता भएपछि गोताखोरसहितको टोलीले उनको खोजी गरिरहेको थियो । मृतक शर्मा बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा एमवीवीएस अध्ययन गर्दै आएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)






