विगतका केही अगाडिका मूल्य परिवेशतर्फ हेर्दा इन्धनको मूल्य २०२२ मार्चमा बढाउँदा पनि निगमलाई दिनमा ३ अर्ब रुपैयाँ घाटा भएको देखिन्छ । बाह्य बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पर्दै आएको छ । आयल निगमले पुनः इन्धनको मूल्य बढाउन लागेको देखिन्छ । भारतीय आयल निगमले २०२२ मार्चमा पठाएको मूल्यसूचीअनुसार बढेर आएकोले पुनः मूल्य बढाउन लागेको भनिन्छ । तर, गुनासो यहाँ छ कि जहिले पनि इन्धनको मूल्य बढाए पनि निगम जहिले पनि घाटामा रहेको बताइन्छ । नयाँ सूचीअनुसार अर्थात् १ मार्च २०२२ मा पठाएको सूचीअनुसार पेट्रोलप्रति लिटर ३ दशमलव ८०, डिजेल ३ दशमलव ८, मट्टीतेल १०.३०, हवाई इन्धन ३.३२, एलपीजी ११.१७ मूल्य बढेर आएकोले १५ दिनमा ३ अर्ब ९ करोड घाटा निगमको भनाइ छ । यही हिसाबले प्रत्येक इन्धन पदार्थमा घाटा झन् बढी लागत पर्दछ ।
२०७८ साल फाल्गुन १९ मा ९३ रुपैयाँमा किनेको पेट्राल १ सय ५० मा बेच्दा पनि १६ घाटामा रहको बताइन्छ । २०७८ फाल्गुन १७ मा इन्धन मूल्य फेरि बढेर आएको भारतीय आयल निगमले बताएको छ । हरेक महिनाको १ र १६ तारिखमा इन्धन मूल्य समायोजन गरेर आउने चलन छ । सोही आधारमा इन्धन मूल्य कायम गर्छ । तर, नेपाल आयल निगमले हिसाब र मापदण्ड मिलाएर मूल्य वृद्धि गरेको छ तर आफू खुसी हिसाब मिलाएर इन्धन मूल्यमा १२ महिना १२ कालमा नै आयल निगम घाटामा रहेको चित्रण गरी आएको छ । लगातार मूल्य बढाउँदै आएको आयल निगमले २०७८ साल फाल्गुनमा भने मूल्य बढाएन । मूल्य समायोजन गर्दा २०७८ साल फागुन अन्तसम्म ३ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको बताइन्छ ।
आफू खुसी हिसाब मिलाएर इन्धन मूल्यमा १२ महिना १२ कालमा नै आयल निगम घाटामा रहेको चित्रण गरिँदै आएको छ
सबै प्रकारका इन्धनको मूल्य घटाएको बेला १५ दिनमै २ अर्ब ७० करोड रुपैयाँ घाटामा भएको बताइएको थियो ।
नेपाल आयल निगमले २०७८ साल फागुन ९ मा नै इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो । भारतले इन्धनका मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम राखी खरिद मूल्य पठाएपछि नेपालले पनि सोहीअनुसार मूल्य समायोजन गर्न लागेको थियो । हरेक अंगे्रजी महिनाको १ र १५ तारिखमा नयाँ सूची पठाउने क्रममा मार्ग २९ अर्थात् डिसेम्बर १५ मा नेपाल आयल निगमले घटाएर नयाँ मूल्य राखेको थियो । तर, २०७८ साल फागुन ७ भन्दा अघि माघ १८ मा इन्धनमध्ये पेट्रोलको मूल्य १ सय ४५ यकिन गरियो । जब कि तीन साता अघि पेट्र«ोलियम पदार्थको मूल्य बढाऐ लगतै २०७८ साल फागुन ७ मा १ सय ४५ सम्म पेट्रोलको भाउ बढाइएको थियो । २०७८ फागुन ६ मा मूल्य फेरि भारतबाट बढेर आयो । १५ दिनमा साढे २ अर्ब घाटा हुने निगमको दाबी रहिआएको छ । बाह्य बजारमा इन्धनको मूल्य बढी रहेकाले भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएको देखिन्छ । १५ दिनमा इन्धनमा पेट्रोल निगमले कुल ५४ करोड रुपैयाँ घाटा बेहारेको बताइएको थियो ।
२०७८ साल माघ अन्तिम सातातिर भारतीय आयल निगमबाट ८४ रुपैयाँ ३२ पैसामा किनेको पेट्रोल १ सय ४२ रुपैयाँमा बिक्री गर्दा पनि निगमलाई पेट्रोल लिटरमा १३ पैसा घाटा थियो ।
युद्धका कारण रुस र युक्रेन बजारमा उत्पादन हुने वस्तुका निर्यातमा प्रभावसँगै युद्ध चर्किए बाह्य आपूर्ति व्यवस्थामा अन्तर्राष्ट्रिय बजार मूल्यमा नै थप असर पर्नेछ । यही अवस्थामा कच्चा तेलको मूल्यप्रति ब्यारेल १ सय १९ डलर पुगेको र यस्तो मूल्य पहिलेको ११ वर्षको उच्च भएको बताइन्छ । यो २०७८ फाल्गुनमा भएको मूल्य १ फेब्रुअरी, २०१२ को मूल्यभन्दा केही सेन्ट कम हो ।
२०७८ साल फागुन १९ मा प्रतिब्यारेल कच्चा तुलको मूल्य १ सय १९ डलर भएको देखिन्छ । बाह्य कोमोडीटी बजारमा उच्च मूल्य भएको छ । त्यसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुका मूल्यमा परेको छ ।
बेलाबेलामा आयल निगमले इन्धनको भाउ बढाउँदा भारतीय निगमबाट नै बढेर आएको भनेर हिसाबको विवरण जनतामाँझ राख्दछ
रुस र युक्रेनको युद्धको कारण बाह्य बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ९५ देखि १०५ पुगेको अवस्था छ । बाह्य बजारमा मूल्य थपघट हुँदा साना देशमा पनि यसको असर परेको देखिन्छ । १ मार्च २०२२ मा सबै इन्धनका मूल्य बढेर आएकोले १५ दिनमा ३ अर्ब ९ करोड घाटा यो अवधिमा देखिएकाले मूल्य बढाउनबाहेक अर्को विकल्प नभएको बताइन्छ । यसअघि रकमको अभाव भएका कारणले मूल्य स्थितीकरण कोषबाट १ अर्ब ८० करोड रकम निकालेर भुतmानी गरिएको थियो । सरकारले इन्धनमा लगाएको उच्च करका कारण निगम सधंै घाटामा जान्छ । निगमले विश्वमा कच्चा तेलको मूल्य रसिया र युक्रेन युद्ध अगाडि झन्डै डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको अवस्थामा २०७८ साल फागुनमा पुनः इन्धनको नयाँ मूल्य पढाएकोे थियो । यो बेलाको समायोजनमा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति थियो । निगमले २०७८ साल माघ मसान्तमा करिब २४ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यो बेला पेट्रोलप्रति लिटर १ सय ४२ नै राखिएको थियो यद्यपि, समायोजन आवश्यक थियो । यो अवस्थामा पेट्रोल प्रतिलिटरको लागत १ सय ६१ रुपैयाँ ५ पैसा भए पनि किन पूर्ण समायोजन गरिएन र प्रतिलिटर १ सय ४२ नै प्रतिलिटर राखियो ।
विश्व बजारमा भइरहेको इन्धन पदार्थका मूल्य वृद्धि र अमेरिकी डलरको सटही दर बढेका कारण पनि निगम घाटामा गएको बताइन्छ । निगम घाटामा गए पनि उच्च मूल्यका कारण उपभोक्ता मारमा परेका छन् । बेलाबेलामा आयल निगमले इन्धनको भाउ बढाउँदा भारतीय निगमबाट नै बढेर आएको भनेर हिसाबको ढन्डी जनतामाँझ राख्दछ । सरकारले विभिन्न शीर्षकमा भ्याट र अन्य अनगिन्ती कर जनतामाथि थोपर्दै आएको छ ।
निगमको पूर्वअवस्थामा शून्य सञ्चित भएको अब अर्बौको घाटामा गएको छ । यस्तो अवस्थामा आयल निगमले सरकारसँग ऋण माग्दछ । आयल निगमले बेलाबेलामा विज्ञप्ति जारी गर्दै घाटा विवरण पेस गर्दै तत्कालको लागि रकम व्यवस्था गर्न आपूर्तिका लागि अत्यावश्यक भएका जानकारी पस्किन्छ ।
विगतमा ७ महिना अवधिमा १२ पटकभन्दा बढी इन्धन मूल्य वृद्धि गरी ३ पटक मात्र इन्धन मूल्य समायोजन गरेको अवस्था छ । निगमले १५ दिनभित्र कम्तीमा २ अर्बभन्दा बढी घाटा भई गएको अवस्था सधैं रहेको छ । नेपाल आयल निगम स्थापना भएका वृद्धा जस्तो भए पनि वयस्कको व्ययभार गरी आएको छ । यसका लागि निगमले सरकारसँग अनुभूति माग्दै आएको छ ।






