सिनेमाले सिकायो सृष्टिलाई प्रतिस्थापन कला

काठमाडौं । अभिनेतृ सृष्टि श्रेष्ठलाई चित्रकला निकै मन पर्छ । पेन्टिङ गर्न भनेपछि बाल्यकालदेखि नै हुरुक्कै यी नायिकाले चलचित्रमै काम गर्दा चित्रकला सिक्न पाइन् । उनले तीन वर्षअघि रिलिज ‘रोमियो एन्ड मुना’मा चित्रकला सिकेकी थिइन् । फिल्ममा उनी चित्रकारको भूमिकामा छिन् ।

तर, यसपटक उनले ‘चिसो एस्ट्रे’मा प्रतिस्थापन कला सिक्ने अवसर पाएकी छन् । यो फिल्ममा उनी ‘इन्स्टलेसन आर्ट’ कलाकारको भूमिकामा छिन् । तीन वर्षअघि काठमाडौंका ठमेललगायत केही गल्लीका रुख र भित्तामा कृत्रिम सेतो पुतली बग्रेल्टी टाँसिएको देखिएको थियो । ती पुतली यिनै नायिकाले टाँसेकी थिइन् । यो फिल्ममा उनी पुतली गल्लीका सुकन्या हुन्छिन् ।

यही चलचित्रका लागि आफूले प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) सिकेको सृष्टि बताउ“छिन् । ‘केही महिना चित्रकला सिकेर चित्रकारका भूमिकामा थिएँ । यसपटक चलचित्र चिसो एस्ट्रेमा प्रतिस्थापन कलाकारका रूपमा भएकाले सिकेरै कला प्रस्तुत गरेको छु,’ उनी भन्छिन्, ‘चिसो एस्ट्रेलाई सेतो पुतलीमा सजिएका पुतली गल्लीले फरक रुप दिने विश्वास गरेकी छु ।’

निर्देशन दिनेश पाल्पालीले भूपि शेरचनको ‘चिसो एस्ट्र्े्’ कविताका आधारमा सबै कलाकारलाई एकएक ओटा गल्लीको प्रमुख बनाएका छन् । जसमध्ये आफू पुतली गल्लीको प्रमुख भएको यी अभिनेतृको छ ।

कलात्मक हिसाबले शान्त र आकर्षक पुतली गल्लीले मानिसमा सकरात्मक भाव सिर्जना हुने दाबी सृष्टिको छ । ‘म कलामा रुची राख्ने भएकाले पनि होला, पछिल्ला दुई चलचित्रमा ललितकला कलाकारका रूपमा प्रस्तुत हुने अवसर पाएकी छु, यसपटक पनि दर्शकलाई मेरो काम केही फरक लाग्नेछ,’ उनी भन्छिन्, ‘यो भूमिकाले दर्शकलाई चिन्ताबाट शान्ति मार्गमा लैजान प्रयास गर्ने विश्वास लिएकी छु ।’

नवीन लम्साल, निकुन श्रेष्ठ, दिव्यदेव, सुशील पाण्डे, रोविन तामाङसँग उनको मुख्य भूमिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 453 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री