पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ

मोरङ, ३० फागुन । मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चनगढीबाट प्रहरीले पेस्तोल सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले बिहिबार राती कटुवा पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहालका अनुशार भारतको अररिया धर्मगञ्ज पञ्चायत पलासीथाना डकैत बस्ने २१ वर्षीय अजयकुमार मण्डल, १८ वर्षीय आनन्द कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साहलाई पक्राउ परेकाहुन् ।

सुनवर्षी नगरपालिका– ८ स्थित महादेव मण्डलको घरमा रहेको चिया नास्ता पसलबाट भारतीय नागरिक अजयकुमार मण्डलको साथबाट पेस्तोल बरामद भएको निरिक्षक दहालले बताए । निरिक्षक दहालका अनुशार उनीहरुको साथबाट १ राउण्ड गोली समेत बरामद भएको छ ।
भारतीय नागरिक पेस्तोलसहित नेपालमा कुनप्रयोजनले किन आए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको १५० सिसिको रातो रङको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी