दार्चुला । कोरोना भाईरस (कोभिड – १९) का ’boutमा सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका तीन वटा नाकामा हेल्थडेस्क स्थापना गरिएको छ । भारतसँग सीमा जोडिएका पाँच वटा नाकामध्ये शुक्रबारसम्म तीन नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो ।
जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रह पछि स्थानीय तहहरुको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। जसअनुसार महाकाली नगरपालिकाको सदरमुकाम खलंगास्थित पूल घाटमा एक महिनादेखि हेल्थ डेस्क सञ्चालनमा छ । यस्तै महाकाली नगरपालिकाको दत्तुमा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
यो बाहेक लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली र व्याँस गाउँपालिकाको वडा नम्बर ५ धौलाकोटको तिगरमा एकसाता भित्र हेल्थ डेस्क सञ्चालनमा ल्याइने भट्टले बताए ।
अहिलेसम्म दार्चुलामा बैधानिक रुपमा सञ्चालन भएका छ वटा नाकामध्ये व्यासको सीतापूलमा भने मानवको आवतजावत अहिले नहुने हूँदा हेल्थ डेस्क राख्ने तयारी छैन् । तर जिल्लाका आधा दर्जन तुइनमार्फत पनि सीमा वारपार हुने गर्छ ।
अवैध तुइन सञ्चालन गरिएका मलघाट, बर्तीघाट, मालघाट, रिठान लगायतका क्षेत्रबाट अहिले नेपाल भारत आवत जावत हुने गरेको छ । तुइन भएको क्षेत्रमा हेल्थ डेस्क सञ्चालन गर्न सम्भव भने छैन् ।
भारतले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको छ भने हेल्थ डेस्क र स्वास्थ्यकर्मी सीमा क्षेत्रमा राखेको छ । जिल्लामा सीमा जोडिएका क्षेत्रमा हेल्थ डेस्क भए नभएको ’bout गृह मन्त्रालयले समेत जिल्ला प्रशासनलाई पत्रचार गरेको छ ।
सीमा क्षेत्रको अवस्था र हेल्थ डेस्क राखिए नराखएको ’boutमा जानकारी माग भई आएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिए । अहिले हेल्थ डेस्क राखिएका ठाउँको ’boutमा जानकारी गराएका छौ उनले भने । थप राख्नुपर्ने ठाउँमा हेल्थ डेस्क राख्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्रचार गरिएको छ ।
हेल्ड डेस्कमा एक महिनामा एक विदेशीसहित साढे छ सयको चेकजाँच
सदरमुका खलंगास्थित नेपाल भारत जोड्ने झोलुंङ्गे पूल दार्चुलामा कोरोना भाईरस (कोभिड–१९) को चेकजाँचको लागि राखिएको हेल्थ डेस्कमा एक महिनाको अवधिमा एक विदेशीसहित साढे छ सय जनाको स्क्रीनिंग चेकजाँच गरिएको छ ।
गत फागुन २ गतेबाट शुरु गरिएको हेल्थ डेस्कमा फागुन अन्तिमसम्म ३४८ महिला र ३३९ पुरुष गरी कुल ६ सय ८७ जनाको थर्मल स्क्यानरको सहायतले चेकजाँच गरिएको हो ।
हरेक दिन बिहानदेखि बेलुकीसम्म जिल्ला स्वास्थ्य कार्यालयले कर्मचारी खटाएर पूलमा वारपार गर्नेहरुको स्वास्थ्य चेकजाँच गर्ने गरेको छ । यसअवधिमा अमेरिकन नागरिक डेविल विल्सनको समेत स्क्रीनिंग गरिएको हेल्थ डेस्कमा कार्यरत अनमी माधवी ओडले जानकारी दिईन् । दार्चुला भएर धारचुला जान लाग्नुभएका अमेरकी नागरिक विल्सनको पूलघाटमा स्क्रीनिंग गराउँदा स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताइन् ।
स्वास्थ्य कार्यालयले दार्चुलाले दैनिक नेपाल भारत गर्ने मध्ये शंकास्पद र स्वास्थ्य चेकजाँच तथा कोरानाको ’boutमा जानकारी गराउने उद्देश्यले हेल्थ डेस्क स्थापना गरेको थियो । हेल्थ डेस्कमा चार जना अनमी खटाइएको थियो ।
स्वास्थ्य कार्यालयले अनमी माधवी ओड, हरिकृष्ण जोशी, जसु लुहार र हिरा विष्टलाई हेल्प डेस्कमा खटाएको छ । दार्चुलामा खलंगासहित महाकाली नगरपालिकाको दत्तु, मालिकार्जुन गाउँपालिकाको जौलजीविमा हेल्थ डेस्क सञ्चालनमा आएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।
यो बाहेक लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली र व्याँस गाउँपालिकाको वडा नम्बर ५ धौलाकोटको तिगरमा एकसाता भित्र हेल्थ डेस्क सञ्चालनमा ल्याइने भट्टले बताए । अहिलेसम्म दार्चुलामा बैधानिक रुपमा सञ्चालन भएका छ वटा नाकामध्ये व्यासको सीतापूलमा भने मानवको आवतजावत अहिले नहुने हूँदा हेल्थ डेस्क राख्ने तयारी छैन् । तर जिल्लाका आधा दर्जन तुइनमार्फत पनि सीमा वारपार हुने गर्छ ।
अवैध तुइन सञ्चालन गरिएका मलघाट, बर्तीघाट, मालघाट, रिठान लगायतका क्षेत्रबाट अहिले नेपाल भारत आवत जावत हुने गरेको छ । तुइन भएको क्षेत्रमा हेल्थ डेस्क सञ्चालन गर्न सम्भव भने छैन् ।
यसैबीच भारतले सीमा नाका बन्द गर्ने हल्लापछि शुक्रबार दार्चुला र धारचुलामा सर्वसाधारणको चहलपहल बढेको छ । भारतीय बजार धारचुलामा परनिर्भर रहेका दार्चुलका स्थानीयले बिहानदेखि बेलुकीसम् मभारतीय बजारबाट खाद्यान्न ओसारेका छन् ।
एक महिनाको लागि भन्दै सर्वसाधारणले दैनिक उपभोग्य सामाग्रीदेखि खाद्यान्न भारतीय बजारबाट ल्याएका छन् । छोटी भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालका अनुसार बिहानदेखि बेलुकीसम्म सयौं कुण्डल खाद्यान्न दार्चुला सदरमुकाम भित्रिएको छ । सर्वसाधारणले बिहानैदेखि पूल बन्द हुने हल्लापछि सामान ओसारेका हुन् ।
स्थानीय नविन सिलालका अनुसार बजारबन्दको हल्ला पछि सामान किन्नेको भीड लागेको बताए । सबै व्यापारीदेखि सर्वसाधारणले पारी भारतबाटै सामान ल्याउन थालेका हुन् ।
तर दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले भने भारतले सीमा पूल बन्द गर्ने हल्ला मात्रै भएको बताए । उनले भने पूल बन्द गर्ने’boutमा आधिकारीक पत्र केहि आएको छैन् ।






