जिल्ला अस्पताल दार्चुलामा आइसोलेसन कक्ष

दार्चुला। जिल्ला अस्पताल दार्चुलामा दुई बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

अस्पतालभित्रै स्थापना गरिएको आइसोलेसन कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर गजेन्द्र दुवालले जानकारी दिए ।

शंकास्पद बिरामी भेटिएमा सोही कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो, उनले भने, कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर हामीले पनि स्थानीयस्तरमा पूर्वतयारी स्वरुप आइसोलेसन कक्षको स्थापना गरेका हौं ।

कोरानाबाट बच्न पूर्व तयारी आवश्यक रहेकाले सोही अनुसार आइसोलेसन कक्ष स्थापना गरिएको उहाँको भनाइ छ । यसअघि प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरुमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारको निर्देशन लगत्तै जिल्ला अस्पतालभित्रै दुई बेडको आइसोलेसन कक्षा निर्माण गरेर राखिएको छ । दार्चुला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि उच्च सतर्कता अपनाइएको उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 621 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता