चिठ्ठाको आशमा २९ लाख स्वाहा

काठमाडाैं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख नेपाली रकम गुमेको छ । सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डा. जोन लरेन्ससहितका व्यक्तिले ठूलो रकम चिठ्ठा परेको भन्दै उल्टै २९ लाख ठगी गरेका हुन् ।
ती नेपाली नागरिकलाई ९० लाख चिठ्ठा परेको भनिएको थियो । यस्तै, उनलाई सो चिठ्ठाबापतको रकमका लागि करबापत रकम तिर्नुपर्ने भन्दै पटकपटक गरी २९ लाख रुपैयाँ ठगी गरिएको हो ।

‘पहिले मलाई फ्रेन्ड रिक्वेस्ट आयो, परिचय भयो, नजिकको व्यक्तिजस्तै गरेर कुराकानी भयो, चिठ्ठा परेको भनेर जानकारी आयो, पछि विभिन्न चरणमा गरेर मलाई पैसा पठाउन भन्न थालियो,’ ती व्यक्तिले भने, ‘पछि भारत आएको छु, बेखर्ची भएँ भनेरसमेत पैसा पठाउन भनियो, मैले केही दिन त आलटाल गरें तर पछि पठाइदिएँ ।’

उनले भारतमा उपचारका लागि आएको, रकम अभाव भएको, एटीएमले काम नगरेकोलगायतका विभिन्न बाहना बनाएर आफूलाई ठगी गर्नेहरूले रकम पठाउन लगाएकोसमेत जानकारी दिएका हुन् ।

उनलाई विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले ह्वाट्सएपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नु नपर्ने भनेका थिए ।

ती पीडित व्यक्तिले ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको बैंक खातामा २९ लाख जम्मा गरेपछि ठगीमा परेको भन्दै प्रहरीसमक्ष पुगेका हुन् । महानगरीय अपराध महाशाखाले ठगी कार्यमा संलग्नमध्येका काभ्रे मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको ठिमी बस्ने गाम्दीप गौतमलाई पक्राउ गरेर कारबाहीका लागि महानगरीय प्रहरी परिसरलाई बुझाएको छ । ती व्यक्तिलाई पीडितको जाहेरीका आधारमा गत सोमबार पक्राउ गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी