सहरीकरणमा पानीको चुनौती

विश्वव्यापी रूपमा बढ्दै गएको सहरीकरणमा पानीको महत्व बढ्दै जानु स्वाभाविक हो । हाम्रो देशमा पनि बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबै सक्रिय हुनुपर्ने भन्दै यस वर्ष पनि विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । मूलतः नेपालले पनि सन् २००९ देखि पानी दिवस मनाउँदै आएको छ । विश्वले भने यो दिवस मनाएको २९ वर्ष पूरा भएर ३०औं वर्षमा प्रवेश गरिरहेको छ ।

अतः संसारलगायत नेपालमा पनि बढ्दो जनसंख्याको साथसाथै सहरीकरणले बढ्दो पानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सचेतना फैलाउने कार्य गर्ने जानकारी जल तथा ऊर्जा आयोगले दिएको छ । यसरी सहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतको दीगो व्यवस्थापनका लागि सरोकारवालासँग अन्तत्र्रिmया गर्ने, पानीको व्यवस्थापक, विद्यमान नीतिमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्नेलगायतका कार्यक्रम रहेका छन् ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, जल प्रदूषणलाई रोक्न र प्रदूषणले गर्दा खाद्य सुरक्षामा परेको असर’bout पनि सरोकारवालालाई सचेतना जगाउने कार्यक्रम वर्षभरी गर्नेतर्फ आयोगले सोचिरहेको पनि बताइएको छ । उक्त कार्यक्रमअनुसार उपत्यकाभरीका ढुंगेधाराको संरक्षण र सम्बद्र्धन गर्न समितिको गठन गरिने, काठमाडौं उपत्यकाको भूमिगत पानीको स्रोतको अवस्था चुनौती तथा संरक्षणसम्बन्धी सम्मेलन आयोजना गरिने भएको छ । विश्व खाने पानी दिवसको अवसर पारेर खाने पानीको महत्व’bout सचेतना जगाउने कार्यक्रम गरिनेछ । यसमा स्वच्छ पानीको महत्व’bout सचेतना फैलाउने छ । जल आयोजक समितिले स्वच्छ पानीको महत्व’bout पनि सचेतना फलाउँदै यसको दिगो व्यवस्थापकका लागि वकालत गर्नेछ ।

अपार जलस्रोतको भण्डारले भरिभराउ भए तापनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव दिन प्रतिदिन बढ्दै छ

यसको चुनौती तथा फाइदा’bout पनि सचेतना फैलाउने उद्देश्य रहेको बताइएको छ । यसर्थ, स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ । यसको साथसाथै सहरी क्षेत्रका पानीजन्य समस्या तथा नेपालको जलस्रोतको दिगो व्यवस्थापन’bout चेतना जगाउनु पर्ने देखिन्छ ।

सर्वसाधारण तथा स्कुल र कलेजका विद्यार्थीमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसंग’bout चेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको पनि आयोजकले जनाएको छ । विश्वका प्रमुख सहर र केही औद्योगिक राष्ट्रको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दो रूपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायलाई एकातिर फोहरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कोतिर पानीको आपूर्तिमा पनि दिन प्रतिदिन माग बढिरहेको छ ।

जसमा मानव तथा सम्पूर्ण चराचरलाई नभै नहुने जल नै हो । सन् २०२२ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति सम्बन्धित विशेषज्ञको रहेको छ । यसै क्रममा वासिंटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

त्यसरी नै हाम्रो देशको कुरा गर्ने हो भने पनि अपार जलस्रोतको भण्डारले भरिभराउ भए तापनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव दिन प्रतिदिन बढ्दै छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रति वर्ष २ सय ७० अर्ब क्यूमी पानी बगेर विदेसिने गरे तापनि जनतालाई दैनिक पिउँने पानी देखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन ।

मेलम्चीअन्तर्गत यांग्री र लार्केबाट दैनिक १७-१७ करोड लिटर पानी आएपछि मात्रै उपत्यकाको खानेपानी समस्या दीर्घकालीन समाधान सम्भव हुने देखिन्छ

अतः देशमा विद्यमान साधन र स्रोतलाई सही रूपमा परिचालन तथा सर्वद्धन गर्न सकेमा सबै पानीका उपभोक्ताको मागमा सुघार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव र बढ्दो जनसंख्या र सहरीकरणका कारणले गर्दा जलको आपूर्तिमा समस्या झेल्नुपरिरहेको सर्वविदितै छ । काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार, ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ ।

यसरी जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष २ दशमलव ५ मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार, जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । समग्रमा भन्नुपर्दा उपत्यकाबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन विगतको लामो समयदेखि प्रतीक्षा गरिएको मेलम्ची आयोजनाको सपना साकार हुने देखिएको छ । यो आयोजना गत असार÷श्रावणतिर गएको पहिरोका कारण मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन रोकिएको थियो ।

यसरी सिन्धुपाल्चोकको यांगी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार (बफर ड्याम) हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ । सोही खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्ने गरी कार्ययोजनासहित काम गरिरहेको छ । यसको साथसाथै उक्त सफाइको काम सकिएलगतै मुहानबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा पठाउने तयारी भइरहेको छ । यही आउँदो चैत्र मसान्तसम्म उपत्यकावासीको घर–घरमा मेलम्ची पानी वितरण हुने धेरै वर्ष आगाडिदेखिको अभिलाषा पूरा हुन लागेको छ ।

यसले उपत्यकावासी हर्षले गद्गद् हुँदै सो दिनलाई कुरिहेका छन् । हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४० करोड लिटर रहेको छ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वर्षायाममा दैनिक १५ करोड लिटर र हिउँदयाममा दैनिक ९ करोड लिटर आपूर्ति गरिरहेको छ । यसैगरी निजी क्षेत्रबाट आफ्नै स्रोत प्रयोग गरी दैनिक ६ करोड लिटर खानेपानी आपूर्ति हुँदै आएको छ । यसबाहेक व्यक्तिगत कुवा, इनार, ट्युबवेल, परम्परागत ढुंगेधारालगायतका क्षेत्रबाट आपूर्ति हुँदै आएको छ । यसर्थ, सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार १ लाख ८० हजार निजी र १ हजार १ सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ।

सन् २०२२ सम्म उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर पुग्ने छ भने मेलम्ची समेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटर मात्रै हुनेछ । त्यसैले मेलम्ची अन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७÷१७ करोड लिटर आएपछि मात्रै उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी रहेको बुझिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 750 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी