एनआरएनएकाे महाधिवशेनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।

शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष  शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिति भने निश्चित भैसकेको छैन । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ । 

दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।  संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न  बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशाेधन गर्ने तयारी गरिएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे चन्द्रनगरमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दनुवार विजयी