काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले वकिल वम नाम गरेको कुनै पनि व्यक्ति संघको सदस्य नभएको स्पष्ट गरेका छन् ।
शुक्रबार युवा संघका अध्यक्ष नरेश शाहीले ‘वकिल वम’ नाम गरेको व्यक्ति संघको कुनै पनि जिम्मेवारी वा सदस्य समेत नभएको उल्लेख गरेका छन् ।
केही मिडियामा ‘ठमेलमा महिला माथी हातपात गरेको घटनामा युवा संघको केन्द्रीय सदस्य पक्राउ’ भन्ने समाचार आएपछि अध्यक्ष शाहीले वकिल वम नाम गरेको व्यक्ति केन्द्रीय कमिटीको सदस्य नै नभएको स्पष्ट गरेका छन् ।
‘समाचारमा आएको विवरण अनुसार ‘वकिल वम’ नामको कुनै पनि व्यक्ति हाम्रो सङ्गठनको केन्द्रिय सदस्य नरहेको जानकारी गराउद छु । यस्तो समाचार लेख्ने सम्बन्धमा यथार्थ विवरण बुझेर मात्रै समाचार लेख्न सम्बन्धित समाचार संस्थाहरु लाई ध्यानाकर्षण गर्दछौं’ अध्यक्ष शाहीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।






