सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु 

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् । 

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी