नौ सय मेगावाटको अरुण तेस्रोमा लगानी सम्झौता


काठमाडौं । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ऋण लगानीको सम्झौता भएको छ । अरुण तेस्रोमा ऋण लगानी गर्न पाँचवटा भारतीय बैंक र दुईवटा नेपाली बैंकले लगानीबोर्डसँग सम्झौता गरेका हुन् ।
आयोजनामा भारतको एसबीआई बैंकले ३५ अर्ब ५२ करोड, पञ्जाब नेसनल बैंक (पीएनबी) ले १५ अर्ब २९ करोड, कनारा बैंकले १५ अर्ब २८ करोड, एक्जिम बैंकले १२ अर्ब २५ करोड र युनियन बैंक अफ इन्डियाले ७ अर्ब ६३ करोड ऋण लगानी गर्ने भएका छन् । यी बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् ।
१ खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण हुने भएको छ । आयोजनामा नेपालको एभरेस्ट बैंकले १० अर्ब २२ करोड र नबिलले ५ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरिएको छ । परियोजना ऋण लगानी गरेका भारतीय बैंकले वार्षिक ८ दशमलव २ प्रतिशत र नेपाली बैंकले ८ दशमलव ८ प्रतिशत ब्याज लिनेछन् ।


आयोजना निर्माणका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र बैंक प्रतिनिधिले ऋण लगानीका लागि हस्ताक्षर गरेका छन् । आयोजनामा लगानीका लागि हस्ताक्षर गरेका बैंकका प्रमुखले नेपालको आयोजनामा लगानी गर्न पाउँदा खुसी लागेको बताए ।
ग्लोबल टेन्डरबाट आयोजना निर्माणको जिम्मा पाएको एसजेवीएनले २०१४ मा नेपालको लगानी बोर्डसँग आयोजना विकास सम्झौता गरेको थियो । गत वर्ष वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौंबाट आयोजनाको शिलान्याश गरेका थिए । आयोजनाका लागि लगानी जुटाउन लगानी बोर्डले गत बुधबार वित्तीय व्यवस्थानको स्वीकृति दिएको थियो ।


वित्तीय व्यवस्थापन नहुँदै १० अर्ब रुपैयाँ स्वपुँजी खर्च गरिसकेको हालसम्म ३० प्रतिशत काम सम्पन्न सकेको छ । एसजेभीएन अरुण तेस्रो जलविद्युत् विकास कम्पनीका अध्यक्ष एनएल शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै परियोजना निर्माणपछि पूर्वी नेपालका साथै देशलाई नै ठूलो हुने बताए । आयोजना निर्माणका लागि सन् २००८ मै भारतको ३२ वर्ष पुरानो सरकारी स्वामित्वको एसजेवीएन कम्पनीसँग सम्झौता भएको थियो । संखुवासभामा बन्ने ९ सय मेगावाट जडित क्षमताको यो आयोजनाको व्यावसायिक उत्पादन सन् २०२३ सम्म गरिसक्ने एसजेवीएनले दाबी गरेको छ ।
आयोजनाबाट २ सय ६५ घरधुरी प्रभावित हुने भएका छन् भने २४ घरधुरीलाई पुनस्र्थापित गरेर जम्मा १ सय ७५ हेक्टर जग्गा अधिग्रहण गरिएको छ । वार्षिक ४० अर्ब युनिट विद्युत् उत्पादन गर्ने आयोजनाबाट सरकारले रोयल्टी, आयकर, निःशुल्क विद्युत्, मूल्य अभिवृद्धि करलगायतबाट ३ खर्ब ४८ अर्ब संकलन गर्ने अनुमान गरिएको छ । ‘रन अफ द रिभर’ मा आधारित यो आयोजनाको ७० मिटर अग्लो बाँध निर्माण गरेर करिब १२ किलोमिटर हेडरेस टनेलबाट पानी खसाएर ९ सय मेगावाट विद्युत् उत्पादन गरिनेछ । नेपाल सरकारले आयोजनाबाट करिब २२ प्रतिशत निःशुल्क विद्युत् पाउनेछ । २५ वर्षसम्म आयोजना सञ्चालन गरिसकेपछि चालू अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण हुनेछ । सन् २०१८ मा उत्पादन अनुमति पाएको यो आयोजना २०४८ मा सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।


यसअघि विश्व बैंकले लगानी गर्ने भनेको आयोजना उपयुक्त परिस्थिति नरहेको भन्दै सन् १९९५ मा परियोजनाबाट हात झिकेको थियो । आयोजनाबाट नेपालले १ सय ९७ मेगावाटसम्म निःशुल्क बिजुली पाउनेछ । बिहीबार सोसम्बन्धी कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले अरुणको बिजुलीले आन्तरिकका साथै बाह्य बजारको बाटो खुला गरेको बताए । नेपाल र भारतका सातवटा बैंकले सयुक्त लगानी गरेर विश्वसामु सकारात्मक सन्देश दिएको पनि उनले बताए ।
यो परिमाण बिजुली उत्पादनका लागि राज्यले झन्डै ४० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने उनले जानकारी दिए । अरुण तेस्रो आयोजनामा ऋण लगानी सम्झौता समारोहलाई सम्बोधन गर्दै उनले ३० वर्षपछिको सपना साकार भएको बताए । ‘कहिलेकाँही ढिलाइ हुँदा पनि राम्रो हुँदो रहेछ । आयोजना ९ सय मेगावाट बिजुली उत्पादन हुने भएको छ । यसअघि ४ सय २ मेगावाटमा डिजाइन गरिएको थियो’ उनले भने । उनले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना पनि यही खाकामा निर्माण हुने अर्थमन्त्रीले जानकारी दिए । नेपाल पावर हाउस भएको उनले बताए ।


सन २००८ मा प्रतिस्पर्धाबाट सतलज जलविद्युत् निगम लिमिटेडले अरुण तेस्रो आयोजना प्राप्त गरेको हो । सतलजले २१.९ प्रतिशत निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि आयोजना पाएको हो । भारतीय ५ बैंकले ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात् ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्नेछन । स्वपुँजीका रूपमा एसजेवीएनले २५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९