१६ चैतबाट राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता

काठमाडौं । ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ १६ चैतबाट काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ । आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी सो ’bout जानकारी गराएको हो ।

कोरोनाको महामारी पछि बिस्तारै खुल्दै गएको संगीत क्षेत्रलाई फेरी पुरानै लयमा फर्काउँदै लोक दोहोरी प्रति शहरका दर्शकको आकर्षकण अझ बढाउन आफुहरुले बिगतको झै यस पटक पनि यो लोकदोहोरी प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष रमेश बिजीले सो क्रममा जानकारी गराएका छन् ।

बिजीका अनुसार १६ चैतबाट २० चैतसम्म काठमाडौंको भृकुटी मण्डप स्थित बगैंचामा यो प्रतियोगिता हुने भएको छ । पहिलो दिन दिउँसो १ बजेबाट सुरु हुने यो प्रतियोगिता बाँकी तिन दिन बिहान नौ बजेदेखि बेलुका ७ बजेसम्म जारी रहने छ । प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० वटा टोलीले सहभागिता जनाउने पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बिजीले जानकारी गराएका छन् । प्रतियोगितामा दर्शकलाई यसपटक निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ । यस्तै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा सँरक्षक अग्रज लोक तथा दोहोरी गीत गायक चन्द्र शर्माको सँयोजकत्वमा रहेको निर्णायक टोलीले प्रतियोगीहरुको गीत सुनेर निर्णय गर्नेछ । यस्तै यसपटक यो प्रतियोगितालाई भव्य र सभ्य बनाउन उत्छृङखल तथा अस्लिल अर्थ लाग्ने शब्दहरु गायनको क्रममा प्रयोग गर्न रोक लगाईएको छ,‘दोहोरी साह्रै फोहोरी भयो भनेर सर्वत्र टिप्पणी आउन थालेकाले दोहोरी सभ्य पनि हुन्छ भनेर यसपटक हामीले यो प्रतियोगितामा सभ्य रुपमा दोहोरी प्रस्तुत गर्न लगाउने छौं ।’ अध्यक्ष रमेश बिजीले पत्रकार भेटघाटका क्रममा भने ।

जिल्ला जिल्लाबाट आएका लोक दोहोरी टोलीलाई आफुहरु सहयोगी मार्फत काठमाडौंमा बस्ने व्यबस्था मिलाएको पनि अध्यक्ष बिजीले जानकारी गराएका छन्,‘प्रतियोगितामा आधा जसो टोली काठमाडौंकै भए पनि आधा टोली बाहिरबाट आउनु भएको छ । उहाँहरुलाई भोजन तथा बासको लागि सहयोगीहरुसँग अनुरोध गरिरहेका छौं ।’ अध्यक्ष बिजीले भने ।

पत्रकार भेटघाटका क्रममा पत्रकार ऋषी धमला, अग्रज संगीतकार तथा लोक दोहोरी गायक नारायण रायमाझी पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मालगायतले पनि दोहोरी गायन प्रतियोगिताको महत्व’bout कार्यक्रममा प्रकाश पारे । यस्ता प्रतियोगिताले नयाँ नयाँ प्रतिभालाई दोहोरीमा राष्ट्रिय स्तरमा आउन मद्धत पुग्ने उनीहरुको कथन थियो ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि