
भक्तबहादुर शाही
दैलेख दक्षिण गुराँस गाउँपालिका–४ गाईबान्नाका भीमबहादुर शाही भारतीय लाहुरेको अवकाश जीवन प्रकृतिसँग बिताइरहेका छन् । सडक खन्दा जंगलमा खेर गइरहेका काठका हाँगा–जरामा मूर्ति कु“दिरहेका छन्, उनी ।
त्यसो त, ६ दशक पार गरेका शाही बाल्यकालदेखि नै हस्तकलातिर रुचि राख्थे । अवकाशपछि भने त्यसले पूर्णता पाएको छ । लामो समय भारतीय सेनामा बिताएका उनी अहिले कुहिएर खेर जाने काठमा विभिन्न जनावर र भगवान्को आकृति बनाउ“छन् ।
‘बाल्यकाल बिताएको गाईबान्ना नै प्यारो लाग्छ,’ भन्छन्, ‘यहीको माटो–हावापानीले भारतीय लाहुरे बनायौं । त्यसैले यो भूमि छोड्न सकिएन ।’ उनका छोराबुहारीलगायत परिवार सुर्खेत बस्छन् । पत्नीस“गै शाही भने पेन्सने जीवन चलाएर गाईबान्नामाको प्राकृतिसँग मन बाँधिरहेका छन् ।
‘अवकाशपछि खाली समय मनले बस्न नमानेपछि बाल्यकालको रुचि बुढेसकालमा पूरा गर्न लागेको छु, मेरो काममा श्रीमतीको पनि उत्तिकै योग्दान छ,’ उनी सुनाउ“छन्, ‘सडकछेउ र जंगलमा डोजरले खनेर फालेको काठ ल्याएर सहयोग गर्छिन् ।’
दशकअघि पातीकान्लामा ट्र्याक खोलिँदा खुसीभन्दा शाही दुःखी बढी भए । सडक खन्दा वातावरण मूल्यांकनै नगरी जथाभावी खन्दा सुन्दर प्राकृति विनाश हु“दा उनको चित बुझेको थिएन । सानै छँदा प्राकृतिकसँग हुर्किए । ‘जुन रूखको हावापानीमा म बाँचें, आज त्यसैको विनाश गर्दा किन चित्त नदुख्नु ?’ उनको प्रश्न छ, ‘मैले तीनै गुराँसका जंगल उजाडि“दै गएपछि प्रेमकै कारण सडक खन्दा मासिएका रूखका हाँगा, जरा, फेदबाटै विभिन्न आकृति बनाउन थालको हु“ ।’
खेर गएका रूखका जरा–हाँगा संकलन गरेर मयूर, जरायो, गाई, चरा, सर्प तथा मान्छेलगायत आकृतिका हस्तकला बनाएरै उनको दिन बित्छ । घरनजिकै व्यक्तिगत लगानीमा शिवलिंग, साढेको मूर्ति स्थापना गरिएका छन् ।
गाईबान्ना आउने अधिकांश पर्यटकका नजरमा भीमबहादुरकै हस्तकला पर्ने गरेका छन् । ‘मैले यी मूर्ति बिक्रीका लागि नभएर पर्यटक बढाउन बनाएका हुँ,’ उनले सुनाए, ‘खेर गइरहेका काठ के गर्न सकिन्छ भनेर जंगलप्रति जनचासो बढाउनका लागि पनि बनाएको हु“ ।’
काष्ठकलाले एकातिर आकर्षण बढाएको छ भने अर्कोतिर सीप प्रचारप्रसार ।
वातावरण मूल्यांकन नै नगरी जथाभावी खन्दा सुन्दर प्रकृति विनाश हु“दा उनको चित बुझेको थिएन
शाहीको काष्ठकलाले त्यो बाटो भएर हि“ड्ने जो–कोहीलाई टक्क अडिएर आकृति अवलोकन बाध्य बनाउँछन् । ‘यहाँ आउने केहीबेर बसेर मैले बनाएका आकृतिसँग रमाउँछन्, फोटो खिच्छन्, मन पर्नेले खरिद गर्छन्,’ शाहीले भने, ‘व्यावसायिक रूपमा नभएकाले मूल्य तोकेको छैन ।’
आजभोलि शाही काठमा भिन्नभिन्न आकृति कु“दिरहेका छन् । उनलाई घर छेउछाउ ढुंगा मिलाइरहेका पनि भेटिन्छन् । शाहीको सोचले जरा, हाँगा, फेद दाउरा मात्र होइन, कलाकृतिका लागि पनि प्रयोग गर्न सकिने सीप दिएको छ ।
गुराँसे बजारदेखि १५ मिनेट दूरीमा शाहीको घर रहे पनि स्थानीय र प्रदेश सरकारको नजर नपुग्दा उनको हस्तकला गुमनामजस्तै छ ।







