सुदुरपश्चिम कति छन् मतदाता ? (सूचीसहित)


महेन्द्रनगर । बैशाखमा ३० मा हुने स्थानीय तह चुनावका लागि कञ्चनपुरमा चुनावी माहोल सुरु भएको छ । बिभिन्न राजनीतिक दलहरु गाउँघरमा सभा र भेलामा व्यस्त रहेका छन् भने निर्वाचन आयोगले मतदाता सूची प्रकाशन गरी चुनाव तयारी थालेको छ ।

कञ्चनपुरका कुन पालिकामा कति मतदाता ?

कञ्चनपुर जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनका लागि जिल्लाका ९ वटा पालिकाको मतदाता नामावली सार्वजनिक गरेको छ । भीमदत्त नगरपालिकामा ६६ हजार ६ सय ५०, वेदकोट नगरपालिकामा ३२ हजार ७ सय ६०, शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४ सय ४८, कृष्णपुर नगरपालिकामा ४० हजार ३ सय ३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७ सय ३७ मतदाता रहेका छन् ।

यस्तै बेलौरी नगरपालिकामा ३४ हजार ५ सय ३९, दोधाराचाँदनी नगरपालिकामा २६ हजार ८ सय ३, र लालझाडी गाउँपालिकामा १४ हजार १६ जना मतदाता रहेका छन् ।

सुदूरपश्चिममा कति मतदाता ?

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा १६ लाख ४२ हजार एक सय ६१ जना मतदाता रहेका छन् । ८ लाख ६ हजार पाँच सय ३६ पुरुष, ८ लाख ३५ हजार ६ सय ७ महिला तथा १८ अन्य मतदाता छन् ।

निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको विवरण पनि तयार गरिदै छ । निर्वाचन आयोगले आईतबार प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रत्येक पालिकामा निर्वाचन अधिकृत तोकिसकेको छ । निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गरिएको र अब अन्य कामलाई पनि तीब्रता दिने जनाएको छ । यसपछि मतदाता शिक्षा, मतदाता सामाग्री लगायतको काम गरिने छ ।
सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि निर्वाचन हुनेछ ।

निर्वाचन अधिकृत, कञ्चनपुरमा को–कहाँ ?

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले कन्चनपुरसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागी भीमदत्त नगरपालिकामा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीलाई निर्वाचन अधिकृत तोकेको छ । उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई कृष्णपुरमा खटाएको छ ।

लालझाडी गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल, बेदकोटमा जिल्ला अदालतका स्रेस्तेदार जयन्ती अवस्थी भट्ट, शुक्लाफाँटा नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत ताराप्रसाद जोशीलाई निर्वाचन अधिकृत बनाएको छ ।

त्यस्तै पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशी, बेलडाँडी गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र केसीलाई निर्वाचन अधिकृत तोकेको छ ।

यसैगरी, बेलौरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्याधिवत्ता तारासिंह धामी, दोधाराचाँदनीमा वैदेशिक रोजगार विभाग काठमाडौंका निर्देशक डम्बरबहादुर सुनवारलाई खटाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस