पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त

पाल्पा । पाल्पा फाँटहरुमा अहिले चैते धान रोप्ने चटारो छ । विषेश त खोला खेतमा चैते धान रोपिनछ । कतै हलगोरु र कतै ट्याक्टरले रोपाई गर्न किसानहरु व्यस्त छन् । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ ।

फागुन महिनामा बीउ राखेर चैतमा रोप्ने हिउँदे धान साउनमा पाक्ने गर्दछ । सिंचाईको पानी प्रशस्त भएका पुर्वखोला, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका फाँटहरुका चैते धान रोप्ने गरिन्छ । जिल्लामा ६ सय २० हेक्टरमा क्षेत्रफलमा चैते धानको खेती गरिन्छ । ७ सय कृषकले चैते धान लगाउदै आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन् ।

पुर्वखोला फाँटका अधिकांश कृषकहरूले बषौंदेखी चैते धान लगाउने गरेका छन् । दुई वाली नै धान खेती लगाएकाले घरकै धान खेतीबाट खान पुग्ने गर्दछ । साउन र मंसिरमा नयाँ धान भित्राउने भएकाले बढी भएको बिक्री गरेर आम्दानी समेत हुने किसानहरूको भनाइ छ । हिउँदे धान लगाएकाले यहाँका धेरै किसानको आयस्तर समेत बढेको विरकोटका कृषक .धन बहादुर सारुले बताए ।

हिउँदे धान खेती गरेपछि चामल किन्न नपर्ने किसानहरुको भनाइ छ । बेमौसमी कृषि खेती गर्न प्रचलन बढेपनि हिउँदे धान रोपाई भने परम्परादेखि हुदै आएको छ । हिउँदे धानको उत्पादनले धेरै परिवार राहत मिल्ने पुर्वखोलाकी मिना कामुले बताए ।

बाह्र महिना सिंचाइको सुविधा विस्तार गर्न सकेमा पाल्पाका अन्य फाँटहरूमा पनि हिउँदे धान रोप्न सकिने हावापानी रहेकाले सरकारले सिंचाई सुविधा बृद्धिमा ध्यान दिन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 536 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी