फ्रान्सेली विद्यालय अर्को दुई साता बन्द

पेरिस। कोरोना भाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठान ‘कम्तीमा’ आगामी दुई साता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नुपरेको बताइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका थिए । उनकोे घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने उल्लेख थियो ।

‘विद्यालय सकेसम्म छोटो समयको लागि बन्द हुनेछन्,’ स्वास्थ्यमन्त्री ओलिभियर भेरानले युरोप एक रेडियोलाई बताए, ‘हामी देशभरि नै लागू हुनेगरी नयाँ कदम चाल्दै छौं ।

विद्यालय आवश्यकताअनुसार बन्द रहने छन् । यो कम्तीमा १५ दिनका लागि हुनेछ ।’ उनले भाइरस संक्रमण रोक्नका लागि यो पनि एक सफल विधिका रूपमा देखिएको छ भने । शिक्षामन्त्री जीन–मिसेल ब्लान्क्वेरले जुन महिनाअघि नै महामारीको अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे । फ्रान्सको स्वास्थ्य मन्त्रालयले बिहीबार ढिलो जारी गरेको तथ्यांकअनुसार कोरोना भाइरसबाट फ्रान्समा ६१ जनाको मृत्यु भएको र दुई हजार ८७८ जना स­ंक्रमित भएका छन् ।

म्याँक्रोले ७० वर्षभन्दा माथिका मानिसलाई घरमै बस्न आग्रह गरेका छन् । उहाँले यस संकटको अवस्थामा पनि मुलुकको अर्थ व्यवस्थालाई जोगाउने उपाय घोषणा गरेका छन् । सरकारले यस अवधिमा आंशिक रूपमा कार्यरत व्यक्तिलाई पनि क्षतिपूर्ति दिइने बताएको छ ।

‘हामी आवश्यक पर्ने सबैथोक गर्नेछौं र जरुरी देखिए अझ बढी काम गर्नेछौ,’ अर्थव्यवस्था तथा वित्तमन्त्री ब्रुनो ली मायरले बताए, ‘यस्तो सहयोग गर्नुपर्दा स्वभावतः राज्यलाई ‘अर्बौं युरो’ लाग्नेछ ।’
बीएफएम टिभीसँग कुरा गर्दै ला मायरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकबाट आएका मानिसलाई संयुक्तराज्य अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयले ‘आर्थिक अराजकता’ खडा हुने खतरा रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ