सन्दीपको कप्तानीमा नेपाललाई उपाधि जित्ने अवसर

काठमाडौं । त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा घरेलु टोली नेपालले सोमबार उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय सिरिज जित्नेछ ।

सन्दीपको कप्तानीमा नेपालले तीन आधिकारिक प्रतियोगिता खेलेको छ । तर, नतिजा सम्झनालायक छैन । क्यान र खेलाडीबीचको विवादपछि सन्दीपले कप्तानको जिम्मेवारी पाएका थिए । उनको कप्तानीमा नेपालले ओमानमा आईसीसी टी–२० आई यूएईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को एकदिवसीय शृंखला खेलेको थियो ।

ग्लोबल छनोटको समूह चरणमा नेपालको नतिजा राम्रो भए पनि सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित हुँदै नेपालको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो । लिग टुमा नेपालले दुई खेल जिते पनि दुईमा पराजय भोग्यो । यूएईबाट फर्किएपछि नेपालले काठमाडौंमै पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । दुवै खेलमा नेपालले पाहुना टोलीलाई क्लिनस्पिको नतिजा सुम्पियो । ओडिआई सिरिजसँगै टी–२० आई सिरिजमा होमिएको नेपालले टी–२० आई भने गज्जबको प्रदर्शन गर्दै कीर्तिमानको ओइरो नै लगाएका छन् ।

यस्तोमा नेपालले टी–२० आई क्रिकेट जित्ने सम्भावना छ । पीएनजीलाई जितेमा नेपालले सन्दीपको कप्तानीमा पहिलो उपाधि जित्नेछ । ‘यो जित हाम्रा लागि महŒवपूर्ण छ । हामीले जुन मोमेन्ट हासिल गरेका छौँ, त्यसलाई निरन्तरता दिन आवश्यक छ ।’ कप्तान सन्दीप लामिछानेले भने, ‘टिम पनि राम्रो सेपमा छ । सबैले राम्रोसँग जिम्मेवारी बहन गरेका छन् । यद्यपि, केही कमजोरी छन् । त्यसलाई सुधार गर्नेछौँ ।’ टी–२० आईमा नेपाली ब्याटरले खुलेर प्रदर्शन गरेका छन् । दीपेन्द्रसिंह ऐरीले एक शतक र एक अर्धशतकसहित २ सय १ रन बनाइसकेका छन् । दीपेन्द्र नेपालबाट टी–२० आईमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनी नेपालबाट एकै इनिङ्समा सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत बनेका छन् ।

दीपेन्द्रले मलेसियाविरुद्ध अविजित १ सय १० रन बनाएका थिए । यसअघि, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७ रन बनाएका थिए । आसिफ शेख र रोहितकुमार पौडेलले पनि गज्जबको प्रदर्शन गरेका छन् । अलराउन्डर करण केसीले पीएनजीविरुद्धको दोस्रो खेलमा ह्याट्रिकसहित ५ विकेट लिँदै टी–२० आईमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । उनले नेपालबाट ५० विकेटको कोसेढुंगा पूरा गरेका छन् ।

कप्तान सन्दीप लामिछानेले आइतबार त्रिकोणत्मक सिरिजको ट्रफी सार्वजनिक गर्ने क्रममा आफ्नो टिममा अब परीक्षण नहुने बताएका छन् । ‘हामीले जति परीक्षण गर्नुपर्ने हो, त्यो गरिसकेका छौँ । अब धेरै परीक्षण गर्न चाहँदैनौँ,’ सन्दीपले भने, ‘फाइनलमा हामी उत्कृष्ट ११ टिम उतार्नेछौँ ।’ नेपाल अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

कप्तान सन्दीपले उपाधि जिते कप्तानको रूपमा भन्दा पनि टिमको सदस्यको रूपमा खुसी लाग्ने बताए । ‘म कप्तानभन्दा पहिले टिमका सदस्य हुँ । त्यसैले उपाधि जित्दा टिमको सदस्यका रूपमा म खुसी हुनेछ,’ सन्दीपले भने । सन्दीपले फाइनलमा भए पनि आफूहरूलाई कुनै दबाब नभएको बताएका छन् । पीएनजीका कप्तान असद भालाले पनि आफूहरू कुनै दबाबमा नरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित