Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ चल्छ त राणा सरकारले सञ्चालन गरेको रोप वे

चल्छ त राणा सरकारले सञ्चालन गरेको रोप वे

,

मकवानपुर । दुई दशकभन्दा बढी समय बन्द रही जीर्ण हुदै गएको हेटौंडा–काठमाडौं रोप–वे चलाउने विषयमा बागमति प्रदेश सरकारले चासो देखाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बन्द रहेको रोप–वे सेवा व्यवस्थापनमा चासो देखाएको हो ।

यसअघि रोप–वे सेवा व्यवस्थापनका लागि मकवानपुरको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएको थियो। स्थानीय सरकारको ध्यानार्षणपछि प्रदेश सरकारले व्यवस्थापनमा चासो देखाएको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधि, रोप–वेका सेवानिवृत्त कर्मचारीसँग मन्त्रालयमै अन्तरक्रिया गर्दै रोप–वे व्यवस्थापनमा अग्रसरता देखाएका हुन् ।

मकवानपुरको हेटौंडाबाट भीमफेदी र ईन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौंको बल्खुसम्म रहेको रोप–वे करिब २० वर्षदेखि बन्द छ । बन्द रहँदा जीर्ण बन्दै गएको रोप–वेको पुनः सञ्चालन गर्न या पुनसञ्चालन हुन नसक्ने भए रोप–वेको संरचना हटाउन माग गर्दै आएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । स्थानीय तहको ध्यानाकर्षणपछि केही समयअघि मात्रै मन्त्री नियुक्त भएका फुँयालले मकवानपुरको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधि तथा रोप–वेका पूर्वकर्मचारीलाई बोलाएर छलफल गरेका हुन् । मन्त्री फुँयालले जिल्ला विकास समिति मकवानपुरका पूर्वसभापति रामेश्वर रानाको संयोजनमा छलफल भएको बताए । ‘स्थानीय सरकारले चासो देखाएपछि प्रदेश सरकारले पनि रोप–वेको सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लागेको हो’ मन्त्री फुँयालले भने– ‘पर्यटन र यातायात दुवै दृष्टिकोणले महत्वपूर्ण रोप–वेको पुनर्निर्माणको सम्भाव्यताका लागि प्रदेश सरकारले पहल गर्ने छ ।’

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममै रोप–वे सञ्चालन गर्ने उल्लेख गरिएको बताए । रोप–वे सेवा पुनर्निर्माणको विषयमा प्रदेश सरकारले स्थानीय र संघीय दुवै सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने मन्त्री फुँयालले स्पष्ट पारेका छन्। रोप–वेका सेवानिवृत्त कर्मचारी रामप्रसाद पनेरुको संयोजकत्वमा ७ सदस्यीय अनुभव तथा सुझाव दिन समिति गठन गरेको छ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गरेको भीमफेदी–काठमाडौं रोप–वे सेवा २०१६ सालदेखि राजा महेन्द्रले विस्तार सुरु गरी २०२० बाट हेटौंडा–काठमाडौं सञ्चालनमा आएको थियो। भीमफेदी–काठमाडौं रोप–वेलाई हेटौंडासम्म विस्तार गर्ने क्रममा ३ करोड ७६ लाख रुपैयाँ खर्च भएको, एक हजार दुई सय नेपाली सेना र ४ विदेशी विज्ञ संग्लन रहेको थियो। रोप–वे सेवा विस्तारको क्रममा हेलिकोप्टरबाट आवश्यक सामग्री ढुवानी गरिएको बताइन्छ । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा ४२ किलोमिटर लामो रोप–वे सेवा नेपाल यातायात संस्थानले २०५६ सालमा पूर्ण रुपमा बन्द गरेको थियो।

(Visited 271 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन...

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ ।...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

विवाहमा २५ जना भन्दा बढी जन्ती जान नपाइने, पार्टी प्यालेसका लागि प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं ।  सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

ट्रेन्डिङ

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

लिम्बू संस्कृतिमा चलचित्र ‘रीत’ बनाइँँदै

काठमाडौं । लिम्बू समाजको विभिन्न संस्कृतिलाई समेटेर चलचित्र ‘रीत’ निर्माण हुने भएको छ । यो चलचित्रलाई फाल्गुनन्द लिंदेन फिल्मस्ले निर्माण गर्न लागेको हो ।...

काठमाडौ उपत्यकामा एकैदिन ३०१ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

भक्तपुरमा राजश्व तथा कर नीतिसम्बन्धी अन्तरक्रिया

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, भक्तपुरको सहयोगमा राजश्व तथा कर नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा...

काेराेनाकाे असर : ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका पाइएको छ । उद्योग,...

कोरोना नियन्त्रण गर्न चाहिन्छ कठोर कानुन

चिनले आफ्नाे देशमा कोरोना भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न सक्नुमा चिनको शासन प्रणाली सहयोग सावित भएको देखिन्छ । चिनबाट सामाजिक संजालमा...

डुंगा र अटोरिक्साबाट तस्करी : लाखौंको सामान बरामद, दुई जना पक्राउ

सप्तरी । कुनै बेला सप्तकोशी नदीमा डुंगाको प्रयोग माछा मार्ने र बाढीले बगाएर ल्याउने रुख र काठ संकलन गर्ने कार्यमा प्रयोग हुँदै आएको थियो...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

बिहान नाै बजेपछि हाेमडेलिभरी गर्न नपाइने

 काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको जनाएकाे छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय...

कोरोना प्रभाव : काभ्रेका होमस्टे तथा होटल सुनसान

काभ्रेपलाञ्चोक । चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)