कैलाली । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्न सुदूरपश्चिममा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच गृहकार्य भइरहेको छ ।
एमालेले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल प्रस्ताव गरेको हो । केही दिनयता धनगढीमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत नेता चुनावी तालमेलका लागि निरन्तर छलफलमा छन् ।
पहिलो चरणमा तालमेल’bout कुराकानी भएको नेकपा केन्द्रीय सदस्य पुनले समेत पुष्टि गरेका छन् । ‘हामीलाई उहाँहरूले बसौं छलफल गरौं भनिरहनुभएको थियो,’ उनले भने, ‘तालमेल के कसरी गर्न सकिन्छ ? भन्ने’bout कुराकानी भयो ।’
बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य रणबहादुर चन्दले ‘दुई पार्टीबीच चुनावी तालमेल विषयमा कुराकानी भएको’ जानकारी दिए । ‘मिलेर चुनावमा जाऔं भन्ने ढंगले छलफल भएको हो,’ उनले भने, ‘अर्काे चरणमा फेरि छलफल गर्नेछौं ।’
नेकपाबाहेक राप्रपासँग पनि तालमेल गरेर चुनावमा जाने’bout छलफल चलिरहेको उनले थप जानकारी दिए । तर, एमाले एक्लै चुनाव लड्न सक्षम रहेको उनको दाबी छ । एमाले विभाजनपछि सुदूरपश्चिममा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बलियो देखिएको छ ।