फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

लन्डन । युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ । खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍याे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।

४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए । खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।

यस्तै इग्लिस क्लब वेस्ट ह्याम र फ्रेन्च क्लब लियोनबीचको खेल पनि एक–एकको बराबरीमा सकिएको थियो । वेस्ट ह्यामका लागि जेरोड बेविनले ५२ औं मिनेटमा गोल गरेका थिए भने लियोनका तर्फबाट ६६ औं मिनेटमा तान्गे नुदुम्बेलले गोल फर्काएका थिए । मध्यान्तरअघिको अतिरिक्त समयमा वेस्ट ह्यामका एरोजन क्रसवेलले रातो कार्ड पाएका थिए ।

यस्तै पोर्चुगलको बर्गाले स्कटिस फुटबल क्लब रेन्जरलाई १–० गोल अन्तरले पराजित गरेको छ । बर्गाका लागि ४० औं मिनेटमा अबेल रुइजले गरेको गोल नै निर्णायक बन्यो ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत