काठमाडौ । जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न राजनीतिक दलहरुहरुले जलवायू परिवर्तनका एजेण्डालाई आफ्नो घोषणा पत्रमा समेट्नु पर्ने र स्थानीय सरकारले पनि जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिइएका छन् ।
काठमाडौको तारकेश्वर नगरपालिका ४ मा गठन भएको सृजनशील महिला समाजको आयोजना र प्रकृति रिर्सोसेस सेन्टर नेपालको प्रायोजनमा शनिबार आयोजना गरिएको ‘जलवायु परिवर्तनमा स्थानीय सरकारको भूमिका ’bout राजनीतिक दलहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा सहभागी भएका संघीय सांसद, स्थानीय जनप्रतिनिधि र विभिन्न दलका प्रतिनिधिहरुले जलवायू परिवर्तनको असर कम गर्न आ आफ्नो तर्फवाट आवश्यक भुमिका खेल्ने प्रतिवद्धता समेत जनाएका छन् । उनीहरुले स्थानीय तहको चुनावको सन्दर्भमा आफ्नो दलको घोषणा पत्रमा समेत यी विषयलाई समेट्ने थप प्रतिवद्धता व्यक्त गरे ।
बहुसरोकालवाला मञ्चसँग राजनीतिक दल र जनप्रतिनिधिको छलफल
कार्यक्रममा सहभागी भएका नागरिक समाजका प्रतिनिधि तथा सृजनशील महिला समाजद्धारा गठन गरिएको बहुसरोकारवाला मञ्चका प्रतिनिधिहरुले जलवायू परिवर्तनका विभिन्न एजेण्डाका ’boutमा राजनीतिक दल र स्थानीय तहका प्रतिनिधिहरुलाई सुझाव दिदै विभिन्न खाले प्रश्नहरु राखेका थिए ।

सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य, एमाले नेता तथा पूर्व राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौ प्राकृतिक रुपले नीकै सुुन्दर र सांस्कृतिक महत्वको शहर भएपनि यसको उचित व्यवस्थापन हुन नसकेको बताए । उनले जलवायू परिवर्तनको असर र यसले पार्ने प्रभाव कम गर्न राजनीतिक दलले विशेष भुमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफ्नो दल एमाले संवेदनशील रहेको स्पष्ट पारे । सांसद मानन्धरले शहरी क्षेत्रको व्यवस्थापन गर्नका लागि विद्यमान कानुनहरु नै त्रृटिपुर्ण रहेकाले कानुनी सुधार र त्यसको कार्यान्वयन बाट मात्रै काठमाडौलाई प्राकृतिक रुपले सुन्दर राख्न सकिने बताए ।
सो कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र श्रेष्ठले नगरपालिका क्षेत्रमा पानीको स्रोत व्यवस्थापनमा चुनौती रहेको र फोहोर व्यवस्थापन पनि जटिल समस्याको रुपमा रहेको बताए । उनले जलवायू परिवर्तनको असर न्युनीकरण गर्न आफु दत्तचित्त भएर लागिपरिरहेको र सोही अनुसारका विभिन्न कार्यक्रम पनि लागू गरिएको जानकारी दिए । यस्तै तारकेश्वर नगरपालिका ६ का वडा अध्यक्ष मधु कार्कीले वातावरणीय सन्तुलन कायम गर्न सोही अनुसारका कानुनी प्रावधानको अभाव रहेको र भएका कानुनी प्रावधानहरुको पनि कार्यान्वयन हुन नसकेको बताए । कार्कीले जलवायू परिवर्तनको सवालमा आफुहरुले वातावरणीय सन्तुलन कायम गर्ने किसिमले काम गरिरहेको जानकारी दिए ।
सो कार्यक्रममा तारकेश्वर नगरपालिकाकी महिला बालबालिका शाखाकी प्रमुख प्रतिमा मिश्रले वातावरणीय सन्तुलन कायम राख्न नगरपालिकाले खेलेको भुमिकाका ’boutमा जानकारी दिएकी थिइन् । कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटीका सिताराम रेग्मीले पानीको स्रोत व्यवस्थापन तथा जलवायू परिवर्तनको एजेण्डालाई राजनीतिक दलहरुले प्रमुखताका साथ घोषणा पत्रमा राख्नु पर्ने र आफुहरु त्यसका लागि तयार रहेको बताएका थिए । यस्तै नेपाली काग्रेसका स्थानीय प्रतिनिधि कृष्ण पौडेल, तथा माओवादी प्रतिनिधिहरु गुमानसिह केसी, धनलाल महर्जन लगायतले पनि जलवायू परिवर्तन न्युनीकरण गर्ने गरि आफुहरुले स्थानीय रुपमा घोषणापत्र तयार गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा सृनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मीले जलवायू परिवर्तनको विषयलाई स्थानीय तह निर्वाचनको एजेण्डा बनाउन किन जरुरी छ भन्ने ’boutमा कार्यपत्र मार्फत प्रकाश पारेकी थिइन् । त्यस क्रममा जलवायू परिवर्तनका सवालमा स्थानीय सरकारको भूमिका ,नीति नियम र योजनाहरु ,जलावायु अनुकूलन र विपद् न्यूनीकरण , कार्बन न्यूनीकरण र स्वच्छ उर्जा , जलवायूमैत्री विकासका ’boutमा पनि प्रकाश पारिएको थियो । कार्यक्रमको सहजीकरण सृजनशील महिला समाजकी उपाध्यक्ष रञ्जना शर्मा, सचिव सुभद्रा चालिसे तथा कोषाध्यक्ष हेमा भण्डारीले गरेका थिए ।






