राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको छु : पञ्चा सिंह

अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले आफु राजनितिक सिण्डिकेट बिरुद्ध लडिरहेको बिचार ब्यक्त गरेकी छिन । कान्तिपुर यातायात प्रा•लीले शनिवार नवनियुक्त पदाधिकारीलाई बधाई र शुभकामना दिन काठमाडौको बसुन्धरामा आयोजना गरेको कार्यक्रममा अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो भनाइ राखेकी हुन ।

“यातायात क्षेत्रमा कायम रहेको सिण्डिकेटले व्यवसायमा आउन चाँहनेहरुलाई नितिगत अवरोध गर्ने गरेको सुनेको छु । सिमित मान्छेहरु मालामाल हुने गरेको भन्ने बुझेको छु । जुन गलत हो । यदि कोही ब्यक्ति नयाँ संकल्प र भिजन सहित नागरिकलाई उत्कृष्ट सेवा दिने गरि आउँछ भने उहाँहरुलाई ‘वेलकम’ गर्नुस । ” सिंहको भनाई थियो ।

बिकसित मुलुकमा सरकारले अझै बढी दायीत्व लिने प्रचलन हुँदा सार्वजनिक यातायात विश्वसनिय र भर लाग्दो हुने गरेको भए पनि हाम्रो जस्तो कम विकसित मुलुकमा तत्काल त्यस्तो संभव हुन सकेको छैन ।यद्यपी सिण्डिकेट अन्त्य गरेर निर्माण गरिने प्रतिश्पर्धाले मौजुदा प्रणाली भित्रै पनि आम नागरिकको पक्षमा थप राम्रो गर्न संभव हुने उनको भनाइ थियो।

सिण्डीकेटले कुनै क्षेत्रमा पनि भलो नगरेको भन्दै नेतृ सिंहले अगाडी भनिन : “सिण्डिकेटले कतै पनि भलो गरेको छैन । युवा राजनितीकर्मीको रुपमा सबै दलभित्रका युवाहरु दलभित्रको सिण्डिकेट बिरुद्ध आवाज उठाउँदै आउनु भएको छ । हामी आ-आफ्ना दलभित्र पनि लडिरहेका छौं। ” यो जरुरि छ । तपाइहरुपनि यातायातभित्र कतै सिण्डिकेट कायम छ भने त्यसलाई भत्काउनुस ।”
कार्यक्रममा यातायात सम्बद्ध विभिन्न ब्यक्तित्वहरुले आफ्ना बिचार राख्नु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू