एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस


इटहरी । प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीको इटहरी र धरानमा नेकपा एमालेले उमेद्वारको नाम सिफारिस गरेको छ । नेकपा एमाले इटहरीमा मेयरका लागि ६ जनाको नाम सिफारिस गरिएको छ भने उपमेयरका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।
एमाले इटहरी अध्यक्ष यामकुमार सुब्बाले वर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । ‘हामीले ६ जनाको नाम तयार गरेका छौँ,’ उनले भने, ‘सबैको नाम जिल्लामा सिफारिस गरेका छौँ, जिल्लाले प्रदेशसँग सहजीकरण गर्नेछ ।’

उनका अनुसार उनी स्वयम्सहित ६ जनाले मेयरका लागि आकांक्षा राखेका छन् । जसमध्ये वर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, पार्टी नगर अध्यक्ष यामकुमार सुब्बा, रामप्रसाद चौलागाईँ, रेवतीप्रसाद घिमिरे र बन्नुलाल चौधरी छन् । यस्तै, उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ । जसमध्ये अम्बिका चौधरी, बिष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेल छन् ।

यता, सुनसरीकै धरान उपमहानगरपालिकामा एमालेले ११ जनाको नाम सिफारिस गरेको छ । एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । वर्तमान उपमेयर मञ्जु भण्डारीसहित ११ जनाको नाम जिल्लामा पठाइएको उनले बताए । उनका अनुसार मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ । उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिस गरेको हो । जिल्ला कमिटीले प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा उम्मेद्वारका आकांक्षीहरूको नाम सिफारिस गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना