लयमा फर्कंदै पर्यटन

बेला–बेला आइपर्ने प्राकृतिक विपत्तिलगायत मानव घटनाबाट कहिल्यै अछुतो नभएको नेपालको पर्यटनले २०७२ वैशाखको भूकम्पपछि ११ चैत २०७६ देखि लामो समय कोरोना संक्रमणकाल झेल्नुप-यो ।

मधुजंग पाण्डे

विश्व महामारी कोरोनाबाट आफ्ना नागरिकलाई बचाउने प्रयासबापत गरिएको लकडाउनका बेला होटल, कलकारखना, पसल, उद्योगलगायत क्षेत्र पूर्ण बन्द भए । त्यो समय सरकारले हवाई उडानलगायत सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प पारेर साता हुँदै महिना, चार महिना, ६ महिना र वर्षदिनसम्म पनि घरभित्र बस्न ‘सर्कुलर’ जारी ग¥यो ।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा निस्कनसमेत दिइएन । पहिलो र देस्रो चरणमा फैलिएको उच्चकोरोना संक्रमणका समय पर्यटन क्षेत्र सम्बन्धित होटल र ट्राभल, ट्रेकिङ, बैंक तथा अन्य वित्तीय संस्था, सवारी साधनलगायत हरेक क्षेत्र ठप्प भए । हाल, सञ्चालित होटललगायत क्षेत्र तथा उद्योगले संक्रमणदर उच्च भएको बेला धेरै कामदार कर्मचारी हटाए भने कैयौं होटलले कामदार कटौती गरी सीमित पारे ।

कोरोना संक्रमित हुनेको संख्या दैनिक बढेको बेला लकडाउन थप कडा पार्ने र संक्रमण हुनेदर केही कम भएपछि विस्तारै लकडाउन खुकुलो पारिए पनि त्योक्रमले झन्डै साढे दुई वर्षभन्दा बढी समय लियो । यस अवधिमा कोरोना संक्रमण फैलिने तरीकाले समेत तीन चरणको स्वरुप परिवर्तन ग¥यो ।

पर्यटन व्यवसायी, कामदार र उनीहरूका घरपरिवारले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनुप¥यो । कोरोना संक्रमणकालका बेला कामबाट हटाइएका तथा कटौतीमा परेका कामदारलाई अहिले अवस्था सहज भएसँगै फर्काउन थालिएको छ । होटल मालिकले ‘दुःखका बेला निकालेको’ भन्दै अझै केही कामदार पहिले आफूले काम गरेको होटलले बोलाइरहे पनि फर्किन मानिरहेका छैनन् । धेरै विदेशिएका छन् । केहीले आफ्नै व्यवसाय थालिसकेको अवस्था छ । यस्ता गतिविधिले अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ ।

गत पुसयता भने तेस्रो चरणमा फैलिएको कोरोना संक्रमणदर विस्तारै घटेको र धेरै नागरिक तथा विदेशीले कोरोनाविरुद्धको डोज पूरा गरेका कारण थलिएको पर्यटन उठ्न थालेको छ ।

पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन संख्या बढिरहेको छ । गत मार्चमा भित्रिएका उत्साहजनक आगमन संख्या आशा लाग्दो छ । नयाँ वर्ष २०७९ सालले अब आमपर्यटन व्यवसायी र समग्र देशले पर्यटकीय गतिविधिबाट मनग्य आम्दानी गर्न पाउनेमा हामी आशावादी छौं ।

कोरोना संक्रमणकालका बेला कामबाट हटाइएका तथा कटौतीमा परेका कामदारलाई अवस्था सहज भएसँगै काममा फर्काउन थालिएको छ ।

सात दशकदेखि पर्यटन व्यवसायमा सक्रिय एसियन ट्रेकिङका प्रबन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कोरोना संक्रमणकालमा जस्तो अप्ठयारो अवस्था ‘अब कहिल्यै भोग्न नपरोस’ भन्ने कामना गर्छन् । कोरोना संक्रमण झन्डै आमनेपालीका लागि निकै कष्टकर र दुःखद् भएर बितेको स्मरण गर्छन्, उनी ।

‘नयाँ वर्ष २०७९ ले ती कष्ट र दुःख भुलाएर मुलुकको पर्यटन क्षेत्रका लागि एकदमै सुखद् र सहज हुने सुनौलो बिहानी हुने’ अपेक्षा शेर्पाको छ ।

उनका अनुसार कोरोना संक्रमित संख्या घटेर विस्तारै होटल खुल्न थालेपछि स्वदेशी पर्यटकले काठमाडौं उपत्यका आसपासका होटल, पोखरा, चितवन र लुम्बिनीका होटल भरिन थालेका छन् । ‘हाल स्वदेशीले पनि विदेशीभन्दा बढी खर्च गर्न थालेका छन्,’ उनी भन्छन्, ‘मेरो ललितपुर लाकुरी भञ्ज्याङमा रहेको होटलमा पुग्ने ग्राहकबाट यस्तो महसुस गरेको हुँ ।’

विशेषगरी सेवा तथा आथित्य सत्कार र हिमाल आरोहणलगायत साहसिक गतिविधिसँग जोडिएको पर्यटन वैदेशिक मुद्रा आर्जनका लागि रेमिट्यान्सपछिको नेपालको सबैभन्दा ठूलो उद्योग हो ।

पछिल्लो समय यो क्षेत्र विदेशी मुद्रा आर्जन र राजस्वको प्रमुख स्रोत पनि बनिरहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत संसारका १० उच्च हिमाल नेपालमै छन् । पर्वतारोहण र रक क्लाम्बिङ, क्यानोनिङ, चट्टान तथा हिमशिखर आरोहणका लागि नेपाल उच्चत्तम तथा प्रमुख गन्तव्यसमेत हो ।

अनेकौं पर्यटकीय गतिविधिलाई नै आयआर्जनको उचित सम्भावना ठानेर अहिले स्वदेशी र विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा धमाधम ठुलो लगानी गरिरहेका छन । यो लगानी त्यसै खेर जान नदिने वातावरण बनाउने दायिŒव र संकल्प सरकारले गर्नुपर्छ ।

सम्भावना र आशाबीच लगानीकर्ताले कोरोना संक्रमणकालमा समेत पर्यटन उद्योगमा थप लगानी बढाउने, पूर्वाधार विस्तार र नयाँ प्रविधिसहित निजी क्षेत्रको लगानी विस्तार हुनेक्रमले तीव्रता पाइरहेको छ । यो अवधिमा सरकारले पर्यटन पूर्वाधारका लागि अत्यावश्यक ठानिएका क्षेत्रा नयाँ विमानस्थल बनाउने, सडकमार्ग, पदमार्ग, पर्यटन गन्तव्य विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।

गौतमबुद्ध विमानस्थलमा उडान
२०७९ प्रारम्भदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान सुरु हुने छ । त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान पहुँच विस्तार अभियानमा सरकार तीव्रतासाथ निर्माण काम अघि बढिरहेको छ । यसलाई पनि आमपर्यटन व्यवसायीले पर्यटक आगमन संख्या वृद्धिमा ठूलो महŒव राख्ने अपेक्षा गरिरहेका छन् ।

पर्यटक वृद्ध १३८.६५ प्रतिशत
सन् २०२२ को मार्चसम्मको बितेका तीन महिनाको अवधिमा पर्यटक संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ । सन् २०२२ मार्चमा मात्र कुल ४२ हजार ६ पर्यटक हवाई मार्गबाट भित्रिएका थिए ।

पर्यटक आउनेक्रम बढेसँगै हेलिकोप्टर व्यवसायमा समेत चहलपहल बढेको छ । जसकारण अहिलेदेखि नै हिमाली क्षेत्रमा जाने उडान समय पाउनै मुस्किल हुन थालिसकेको अवस्था छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ को गत मार्चमा मात्रै ४२ हजार ६ जना विदेशी पर्यटक नेपालमा आएका छन् । सन् २०२१ को सोही महिना कुल १४ हजार ९ सय ७७ पर्यटक भित्रिएका थिए भने २०२२ फेब्रुअरीमा १९ हजार ७ सय ६६ पर्यटक आएका थिए । यो संख्या गत महिनाभन्दा २२ हजार २ सय ४० जनाले बढी हो ।

गत वर्षभन्दा ७ गुणाले पर्यटक भित्रिएसँगै अहिले हेलिकोप्टर क्षेत्रमा पनि व्यवसायीबीच नयाँ आशा जागेको छ ।

विगत दुई वर्षको तुलनामा अहिले धेरै पर्यटक आएको र व्यवसायीमा थप उत्साह जागेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे बताउँछन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको हवाई इन्धनको मूल्यवृद्धिमा हेलिकोप्टर क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको पनि उनले सुनाए ।

अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले पछिल्लो केही साता हिमाली जिल्लामा मौसममा समस्या आउँदा अन्य जहाज जान नसकेको र हेलिकोप्टर प्रयोग बढेकाले व्यस्तता देखिएको बताए ।

काठमाडौंका होटल खचाखच
हिमाल आरोहण र पदयात्रा अनुकुल मौसम भएकाले काठमाडौंका होटलमा झन्डै ८० प्रतिशतसम्म ‘अकुपेन्सी’ रहेको होटल संघमा आबद्ध व्यवसायी बताउँछन् । पछिल्लो समय सबैभन्दा बढी भारतीय पर्यटक आएको उनीहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका सात महिनाको आर्थिक तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको जानकारी गराउँदै गोल्छाले थपे, ‘यस्तो अवस्थाबाट पर्यटकीय गविविधि पहिलेकै अवस्थामा फर्काउन हामी पर्यटक ल्याउँछौं ।’

अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ७७ प्रतिशत र करिब ७५ प्रतिशत रोजगारी व्यवसायीले नै सिर्जना गरेकाले आगामी दिन सरकारले व्यवसायीको हितअनुकुल काम गरिदिनुपर्नेमा गोल्छाको जोड छ ।

हाल, देशको रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ४ सय ७५ अर्ब पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने उनी बताउँछन् । ‘अब जतिसक्दो मुलुकमा पर्यटक भित्र्याएर वैदेशिक मुद्रा आर्जन गर्नुभन्दा विकल्प छैन,’ गोल्छा भन्छन् ।

पछिल्लो दुई वर्ष कोभिड पुनरुत्थानका लागि राष्ट्र बैंकमार्फत प्राप्त सहयोगले व्यवसायीलाई तङ्ग्रिन केही सहज भए पनि कोरोना संकट सहज हुनेबित्तिकै हाल सरकारबाट भएका निर्णयले ‘अन्योल’ खडा गरेको गोल्छाको कथन छ । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौं भनिरहँदा एकाएक उद्योगमा बिजुली काट्न थालिएका छ,’ उनी भन्छन्, ‘यसरी पिकआवरमा विद्युत् अवरोध हुँदा जेनेरेटर नचलाई सुखै छैन ।’

गभर्नर यसो भन्छन्
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र लामो समय कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रमा संक्रमणदर घटेर पर्यटकीय गतिविधि बढ्न थालेसँगै ‘अब केही समय तन्काएर छाडेको रबर्डजस्तै सामान्यीकरणपछि आर्थिक क्षेत्र विस्तारै पुरानै लयमा फर्किने अपेक्षा’ रहेको बताउँछन् ।

‘आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले पनि पर्यटन क्षेत्रमात्र नभएर पूरै देशकै अर्थतन्त्र चलायमान बनाइरहेको छ । त्यसैले अब विदेशी मुद्रा भित्र्याउन र सञ्चितीको मात्रा जोगाउन जेजे गर्न सकिन्छ गर्दै जानुपर्छ,’ उनी भन्छन्, ‘रेमिट्यान्स आप्रवाह बढाउन अहिले दिइएको थप एक प्रतिशत ब्याजदर प्रभावकारी नभए अन्य उपाय अपनाएर, हुन्डीलगायत कारोबारलाई निरुत्साहित गर्न नीतिगत तथा प्रशासनिक तवरबाट काम सर्न सरकार अघि बढ्नुपर्छ ।’

गैरआवासीय नेपाली (एनआरएन)लाई स्वदेशकै बैंक खाता खोलेर आफूले विदेशमा कमाएको पैसा पठाउनेतर्फ पनि सरकारले कदम चाल्नुपर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र उनको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 464 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल