यादवप्रसाद कोइराला
सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
(कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमले सर्वसाधारण आतंकित र त्रसित छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला भने सम्भावित जोखिम निवारण गर्न सरकारले सबै तयारी पूरा गरेकाले त्रसित हुन नपर्ने बताउछन् । कोरोना भाइरस जोखिम, सरकारी तयारी, चीनको सफलताबाट सिक्नुपर्ने पाठ तथा स्वास्थ्य समस्या सम्बन्धमा केन्द्रित रही सचिव कोइरालासँग राजधानीले गरेको कुराकानीको सारसंक्षेप)
० नेपालमा कोरोना भाइरसले निम्त्याएको संकट र सरकारको तयारीका ’boutमा प्रस्ट पारिदिनु हुन्छ कि ?
– हामीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक रणनीति बनाएका छौं । कोरोना भाइरस भएका मुलुकबाट कुनै पनि व्यक्ति आउदा उनीहरूलाई निगरानी बढाउने, आइसोलेसनमा राख्ने र स्वास्थ्य परीक्षण नगरी प्रवेश गर्न नदिने गरी आवश्यक योजना बनाएका छांै । ‘स्वाव टेस्ट’ गरेर आएका व्यक्तिलाई मात्रै अहिले प्रवेश दिइरहेका छांै । यसो गरेपछि बाहिरबाट कोरोना भाइरस भित्रने खतरा कम रहन्छ । यसैगरी ओपन बोर्डर भएको हुनाले हामीले मित्रराष्ट्र भारतसँगको नाकामा जाँच र कडाइ गर्ने व्यवस्था गर्न लागेका छांै । दुवै देशका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर दुवैतिर सीमित नाकाबाट मात्रै प्रवेश गर्ने र उनीहरूको पनि स्वास्थ्य परीक्षण अनिवार्य रूपमा गराउने गरी तयारीअघि बढाइएको छ । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत आवश्यक काम हुनेछ । नागरिकलाई सबै किसिमले आश्वस्त पार्ने काम गरेका छौं ।
० प्रत्येक प्रदेशमा यदि संक्रमण देखिहाल्यो भने त्यहाँ पनि आइसोलेसन बेड बनाउने गरी प्रदेश सरकार आवश्यक गृहकार्यमा जुटिरहेका छन् ।
– सामान्य आशंका भएका व्यक्ति आफैं पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्छ । यदि, क्वारेन्टाइनमा बस्दा झन् बढी हँुदै गयो भने र कोरोना भाइरस संक्रमणको लक्षण देखिँदै गयो भने त्यस्तो अवस्थामा सबै परीक्षण र उपचारको जिम्मेवारी सरकारले लिन्छ । यसको सबै तयारी हामीले गरेका छांै ।
० त्यसो भए आम जनता ढुक्क भए हुन्छ, संक्रमण देखिएमा सरकारले उपचार गरिदिन्छ भन्नेमा ?
– यो त सरकारको दायित्व नै हो । संक्रमण देखिएमा सरकारले सबै प्रकारको उपचारको पूर्णजिम्मेवारी लिन्छ । त्यसैका लागि हामीले सातैवटा प्रदेशमा आइसोलेसन बेड राख्नेगरी गृहकार्य अघि बढाएका छांै । इमरजेन्सी बेड पनि छुट्याएर राख्ने र आवश्यक परे भेन्टिलेटर समेत किन्ने गरी प्रदेश सरकार अघि बढिरहेको छ । सबै प्रदेशले यससम्बन्धी योजना बनाएका छन् । उनीहरू पूर्ण रूपमा तयारीको अवस्थामा छन् । १ नम्बर प्रदेशले त आइसोलेसन एरिया भनेर नै निर्धारण गरिसकेको छ । केन्द्रमा पनि यहाँको जनसंख्याअनुसार कुनै समस्या परेमा आवश्यक तयारीमा छौं ।
० तर, भयावहस्थिति आयो भने केन्द्रमा त्यसलाई नियन्त्रण गर्न के–कस्तो तयारी छ ?
– भयावह स्थिति आयो भने पनि हामी त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्ने गरी सबै प्रकारको व्यवस्थापनकमा आवश्यक योजना बनाइरहेका छांै । केन्द्रमा २ सय देखि ३ सयसम्मका आइसोलेसन बेडसमेत तयारी अवस्थामा राख्ने गरी विभिन्न अस्पतालको पहिचान गरिसकेका छांै । राजधानीका विभिन्न अस्पताल जहाँ आइसोलेसन बेड राख्छांै त्यसलाई पनि साधन स्रोत सम्पन्न र उपकरणले सम्पन्न बनाउछांै । छोटो प्रक्रियाबाटै आवश्यक सामान खरिद गर्ने भन्ने निर्णय गरेका छांै । यो साताभित्रै हामीले ‘पीपीई’ पनि ल्याउँदैछांै । आवश्यकताअनुसार भेन्टिलेटर पनि थप गर्नेगरी प्रक्रिया थालेका छांै । यसैगरी अन्य उपकरण पनि आवश्यकताअनुसार थप्ने योजनामा छांै । अहिले कोरोना भाइरस संक्रमण हुन सक्ने जोखिम कम गर्न सबै तयारीलाई अन्तिम चरणमा पु¥याएका छांै ।
० कस्ता छन् योजनाहरू ?
– हामीले सात दिनभित्रै व्यवस्थित योजना बनाएका छौं । भोलिका दिनमा यस्तै खाले अन्य जोखिमलाई न्यूनीकरण गरी समस्या समाधान गर्न यो योजनाले सहयोग पु¥याउनेछ । भविष्यमा आइपर्ने समस्यासँग जुध्न पनि हामीले यस्तो योजना बनाएका हौं । हामीले यस्ता सम्भावित जोखिमसँग दीर्घकालीन रूपमा नै लड्नका लागि छुट्टै अस्पताल बनाउनुपर्छ भन्ने अवधारणा पनि बनाएका छौं । अहिले अल्पकालीन रूपमा भने भइरहेका अस्पताललाई नै म्यानेज गर्नेगरी लागिपरेका छांै । सम्माननीय प्रधानमन्त्रीज्यूले अप्रेसनमा जानुअघि पनि कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्नेगरी अघि बढ्न सबै निकायलाई निर्देशन दिनुभएको हो । सोहीअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय समितिले काम गरिरहेको छ । यसले आवश्यकताअनुसार नीति योजना बनाउँछ र आवश्यक बजेटको व्यवस्थापन गर्छ । यो कमान्ड कमिटीको हो । यसले सबै राजनीतिक दलसँग समेत छलफल गरी सबैसँग सहकार्य गर्दै एकीकृत योजना बनाइसकेको छ । त्यसैगरी स्वास्थ्यमन्त्रीको संयोजकत्वमा अर्को समिति छ । त्यसले स्वास्थ्य सम्बन्धमा तत्कालीन रूपमा आवश्यक पर्ने नीति बनाउने र निर्देशन दिनेगर्छ । कुनै अप्ठ्यारो भए गाँठो फुकाउने काम समेत गर्छ । मुख्य सचिवको संयोजकत्वमा एक्सन कमिटी (कार्यदल) छ । सो कार्यदलले हरेक दिन साँझ बैठक बसेर रणनीतिक योजना बनाउँछ । यसरी योजना बनाउँदा कहिलेकाहीं रातको १२ समेत बज्नेगर्छ । दैनिक बस्ने सो बैठकमा भोलिका दिनमा गर्ने कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न रणनीति समेत बनाउँछांै । स्वास्थ्य मन्त्रालयमा एउटा छुट्टै प्राविधिक कमिटी छ । त्यसले प्राविधिक विषयमा महŒवपूर्ण कार्य गर्छ । त्यसैले हामीले सबैको जिम्मेवारीअनुसार प्रभावकारी व्यवस्थापन गरिरहेका छांै ।
० सर्वसाधारणहरू अलि बढी अत्तालिएको अवस्था छ नि ?
– सरकार संक्रमण भित्रन नदिने गरी लागिरहेको छ । कथंकदाचित संक्रमण भइहाल्यो भने पनि मरिन्छ नै भन्ने भ्रम कसैले राख्नुहँुदैन । यो संक्रमण हुने बित्तिकै मर्ने होइन । चीनमा हजारौं व्यक्ति सञ्चो भएर घर फर्र्किएका छन् । त्यस्तै, अन्यत्र पनि आराम भइरहेको छ । नेपालमा पनि एक जनामा पोजिटिभ भेटिएकोमा सन्चो भएको छ । त्यसलै आत्तिनु र अत्तालिनु पर्ने अवस्था छैन । सतर्क भएर समस्यासँग जुध्नु महानता हो । कसैले पनि अफवाह फैलाउनुहँुदैन । कहिलेकाहीं रुघाखोकी बिग्रिएर निमोनिया भएर पनि मानिस मरेका छन् । तर, त्यसैलाई आधार बनाएर रुघाखोकी लाग्दा मानिस मर्छन् भन्न सकिँदैन । कोरोना संक्रमण सर्ने दर हाई भए पनि मानिस मर्ने दर भने निकै कम छ । त्यसैले आत्तिनुपर्ने अवस्था छैन । नागरिक सतर्क भएर आफ्नो काममा व्यस्त हुँदा हुन्छ । समस्या आयो भने सरकार समाधान गर्न तयार छ ।
संक्रमण देखिए उपचार सरकारले गर्छ
समस्या आयो भने सरकार समाधान गर्न तयार छ
चीनको राम्रो अभ्यासबाट पाठ सिक्नुपर्छ
सञ्चारजगत् र नागरिक समाजको होस्टेमा हंैसे आवश्यक
० चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको छ । कोरोना भाइरस नियन्त्रणमा चीन सरकारले खेलेको भूमिकालाई कसरी हेर्नहुन्छ ?
– चीन सरकारको अथक मिहिनेत र प्रयासले त्यहाँ कोरोना भाइरस नियन्त्रणमा आएको छ । चीन सरकारले रातदिन मिहिनेत गरेर छोटो समयमा नै कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा लिन सफल भएको हो । चीनको यो राम्रो अभ्यासबाट हामीलगायत सबै विश्वले शिक्षा लिन जरुरी छ ।
यस समयमा हामीले नेपालस्थित चीनका राजदूतसँग पनि धेरै पटक छलफल गरेका छौं । चीनको अभ्यास हेर्दा र उनीहरूको अनुभवलाई हेर्दा चीन सरकारले नागरिक समाजको राम्रो सहयोग पाएको छ । चिनियाँ राजदूतसँग बसेर हामीले पनि उनीहरूको असल अभ्यासलाई कसरी भिœयाउन सक्छौं भनेर संवेदनशील भएका छांै र उनीहरूसँग ‘आइडिया’ पनि लिएका छांै । चीनले एउटा एप्स पनि विकास ग¥यो र सोही एप्समार्फत नै संक्रमित नागरिकको पहिचान गर्न सक्यो । यसमा नागरिकले सरकारको मात्रै मुख ताक्ने काम गरेनन्, आफंै पनि जागरूक भएर एप्समार्फत आफ्नो ज्वरो आफंै मापन गरेर सरकारलाई जानकारी दिए । जसले गर्दा सबै ठाउँमा सरकार जानुपर्ने अवस्था नै आएन । अहिले हामीले पनि त्यस्तै एप्स बनाएर नागरिक समाजको सहयोग लिनुपर्ने आवश्यकता बढेको छ । नागरिकले पनि आफूमा भएको नकारात्मक सोच त्यागेर सकारात्मक रूपमा सरकारलाई सहयोग गर्नुपर्छ । त्यसैगरी चीन सरकारले कोरोनाको उद्गम मानिएको वुहान क्षेत्रमा रातारात नै अस्पताल नै बनायो । सरकार यति धेरै खट्यो कि त्यहाँको नागरिक समाज, सञ्चारजगत् सबैबाट अत्यधिक सहयोग पनि पायो । चीन सरकारले नागरिकलाई हरपल सान्त्वना पनि दियो । कोरोना भाइरस भनेको केही होइन , यसलाई रोक्न सिंगो सरकार लागिरहेको छ भन्ने सन्देश चीनमा सबैतिर फैलियो जसका कारण नागरिक समेत उच्च मनोबल लिएर बस्ने अवस्था आयो र छिट्टै संक्रमण नियन्त्रणमा आयो ।
चीन सरकारको यही अभ्यासलाई हामीले पनि अपनाएर अगाडि बढ्यौं भने हाम्रा लागि पनि कोरोना भाइरस संक्रमण सामान्य नै हुनेछ । तर, यसका लागि सञ्चारजगत् र नागरिक समाजबाट नकारात्मक टिप्पणी होइन कि सकारात्मक सहयोग चाहिन्छ । हामी सबैले के सन्देश दिनुपर्छ भने कोरोना भाइरस सामान्य संक्रमण हो , यदि यो लाग्यो भने पनि सन्चो हुन्छ । तर, सतर्कता चाहिँ अपनाउनुपर्छ भनेर सबैले भन्नुपर्छ । कसैले पनि भय सिर्जना गर्नुहँुदैन ।
० यस्तो अवस्थामा नागरिक समाज र सञ्चारजगत्बाट सरकारले कस्तो अपेक्षा गरेको छ ?
– सञ्चारजगत्ले सत्यतथ्य समाचार मात्रै संप्रेषण गर्नुपर्छ । हचुवामा समाचार संप्रेषण गर्नुहँुदैन । गलत म्यासेज दिनुहँुदैन । उत्तेजित हुने खालका नकारात्मक समाचार संप्रेषणले कसैको पनि हित हुँदैन । नागरिक समाजले पनि हरेक संकट र समस्यामा सरकारलाई सहयोग गर्नुपर्छ । खाली दोषारोपण मात्रै गरेर हुँदैन । नागरिक आफैं पनि सजग हुनुपर्छ । अहिलेको अवस्थामा नागरिक आफ्नो काममा जानु पर्छ तर भेला हुने, जमघट हुनेजस्ता काम गर्नुहुँदैन । सरकारको दायित्व भनेको त नागरिकको सुरक्षा गर्ने र बचाउने नै हो । हामी यस कार्यमा दत्तचित्त भएर लागिपरेका छौं । सबै सञ्चारजगत् र नागरिक समाजले सरकारको यस कार्यमा होस्टेमा हैसे गरिदिए हुन्छ ।
० स्वास्थ्य क्षेत्रमा धेरै विकृति छन् , त्यसलाई हटाउन केही विशेष योजना छन् कि ?
– स्वास्थ्य क्षेत्रमा अहिले नीतिगत र कानुनी समस्या छन् भने त्यसलाई फुकाउने गरी अघि बढ्छौं । सबै स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने योजनामा छांै । हामीसँग जनशक्ति राम्रा छन् । प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौलाको सफल प्रात्यारोपण नेपालकै स्वास्थ्य संस्थामा नेपाली चिकित्सकबाटै गरिएको छ र पूर्णरूपमा सफल भएको छ । यसले हाम्रा स्वास्थ्य संस्थाको स्तर उकासिएको छ । अहिले कोरोना भाइरस परीक्षण पनि यही नै गर्न सक्षम भएका छांै । सुरुमा हामीसँग त्यो प्रविधि थिएन अहिले ल्याइसकेका छौं । हाम्रो जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने चुनौती छ । हाम्रा स्वास्थ्य संस्थामा केही बेथिति पक्कै छन् । लापर्बाही छन् । हाम्रा सरकारी अस्पतालमा सामान खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्ति छ । सरकारी डक्टर पनि सरकारी अस्पतालमा भन्दा निजीमा बढी काम गर्ने प्रवृत्ति छ । सरकारीबाट विरामीलाई निजीमा रिफर गर्ने प्रवृत्ति व्यापक छ जुन दुर्भाग्यपूर्ण हो । यस्तो प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित पारिनेछ । सरकारी अस्पताल सिंगो सरकारको प्रतिष्ठा र इज्जतसँग गाँसिएको छ । जनता अन्यत्रबाट सरकारी अस्पतालमा आउने वातावरण बन्नुपर्छ । त्यसको लागि हामी लागेका छांै । हिजोको दिनमा जेजस्ता गल्ती भए ती गल्तीहरू अब नदोहो¥याउने गरी आवश्यक योजना र कार्यक्रम ल्याउछांै । उपकरण र राम्रा जनशक्ति हामीलाई चाहिन्छ । जनशक्ति पलायन हुन पनि दिन्नांै ।
निजी क्षेत्रले सरकारको नीति र नियमकानुन पूर्णरूपमा मान्नुपर्छ । सरकारलाई सहयोग गर्नुपर्छ । सरकारले भनेको ठाउँमा निजी क्षेत्र पनि परिचालित हुनुपर्छ । यो गरेमा निजी अस्पताल पनि सरकारको सहयोगी हातका रूपमा रहन सक्छन् तर त्यसो गरेनन् भने र सरकारलाई सहयोग गरेनन् भने सरकारले पनि उनीहरूको ’boutमा सोच्नुपर्ने हुन्छ । सरकारको नीतिअनुसार जनतालाई सहुलियत दिने सवालमा बेवास्ता गरिन्छ भने त्यस्ता संस्थालाई राखिरहनुपर्छ भन्नेमा हामी छैनांै । अब स्वास्थ्य क्षेत्रमा जनताले सुधारको अनुभूति छिट्टै पाउनेछन् ।






