रौतहट । जनता प्रगतिशिल पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री हृदेश त्रिपाठीले अहिले देशको ३ वटै अंग क्षतबिक्षत अबस्थामा पुगेको बताएका छन् । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् ।
अहिले देशको न्यायपालिका,ब्यबस्थापिका र कार्यपालिका काम नलाग्ने अबस्थामा पुगेको अध्यक्ष त्रिपाठीले बताए । ठुला राजनितिक दलहरुका नेताहरुले बैचारिक बहस भन्दा पनि नेतृत्वमा मात्रै कसरी पुग्ने कुरामा बढी बहस भएकोले आफुले देशकै सबै भन्दा कान्छो पार्टीको रुपमा जनता प्रगतिशिल पार्टी दर्ता गराएको पुर्वमन्त्री त्रिपाठीले जानकारी दिएका छन् । स्थानिय तहको निर्वाचनमा दलिय आधारमा गर्न नहुने उनको धारणा थियो । ठुला ठुला राष्ट्रहरुमा स्थानिय तहको निर्वाचन दलिय आधारमा नभइ स्वतन्त्र हुने गरेको बताउदै अध्यक्ष त्रिपाठीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए ।
अध्यक्ष त्रिपाठीले आफनो जनता प्रगतिशिल पार्टी किसानहरुको पार्टी भएको पनि बताएका छन् । कृषिको नाममा राज्यले ठुलो धनराशी खर्च गरेको भएता पनि किसानको लागी केही गर्न नसकेको उनले बताए । कृषिमा छुटाइएको १८ प्रतिशत बजेट मात्रै किसानको हातमा पुग्ने गरेको र ८२ प्रतिशत बजेट तामझाम मै सकिने गरेको उनले जानकारी दिए ।
यो पार्टीले देशभरीका १७ वटा जिल्लामा उमेदवारी दिने समेत उनले जानकारी दिएका छन । उनी अहिले मधेशका जिल्लाहरुमा कार्यकर्ता भेटघाट तथा संगठन बिस्तारको लागी हिडिरहेका छन । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष डा. शिबजी यादब,केन्द्रिय सदस्य श्रीमण नारायण मिश्र लगायतको सहभागिता रहेको थियो ।






