धर्मकर्म र एचआईभी संक्रमण

डा. प्रकाश बुढाथोकी

अमेरिकाको केटा भनी झटपट विवाह गरिएकी अनामनगरकी सिर्जना शर्माले रक्तदान गर्दा आफू एचआईभी संक्रमित भएको थाहा पाइन् । स्वर्ग नै ठानी अमेरिकाको ग्रिनकार्डधारीस“ग विवाह गरेको त नर्कमा पो परियो भन्दै अरूलाई एचआईभी नभएको रिर्पाेट हेरेर मात्र विवाह गर्न र कन्डम लगाएर मात्र यौनसम्पर्क गर्न सल्लाह दिँदै थिइन् । त्यस्तै, १९ वर्षकी डोल्पाकी नन्दमाया बुढाका श्रीमान भारतमा काम गर्दथे । राम्रो रोजगारीका लागि दुबई जाने भनी काठमाडौंमा रगत परीक्षण गर्दा एचआईभी पोजिटिभ देखियो तर उनले परिवार र गाउँमा कसैलाई नभनी गाउ“का थुप्रै महिलालाई रोग सारी ३ वर्ष पछि मरे । मर्नुभन्दा पहिले नन्दमायालाई गर्भवती पनि बनाए । रेडियो कार्यक्रम सुन्दा आफ्नो श्रीमान र बच्चा मरेकोमा शंका लागि नेपालगन्जमा गई आफ्नो रगत परीक्षण गर्दा उनले खाफू एचआईभी पोजिटिभ भएको थाहा पाइन । यी त केही प्रतिनिीधि पात्र मात्र हुन् ।

सन् २०१८ को अन्तमा ३ करोड ७९ लाख संक्रमित थिए, जसमा ७९ प्रतिशतले परीक्षण गर्दा ६२ प्रतिशतले उपचार र ५३ प्रतिशतले भाइरसको मात्रा अन्यलाई संक्रमणको जोखिम नहुने गरी घटाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा पहिलोपटक सन् १९८१मा एड्स भएको बिरामी फेला परी सन् १९८४ मा भाइरसका कारण पुष्टि भयो । सन् १९८७ मा एआरटी औषधि प्रयोगमा आएपछि सन् १९९६ सम्म प्रभावकारी ३ औषधि प्रयोगमा आयो र लामो समयसम्म भाइरस न्यून राख्न सफल भयो । विश्व तथ्यांकमा सन् २०१० देखि २०१८ सम्ममा १६ प्रतिशतले नयाँ संक्रमितको दरमा कमी आएको छ, जसमा ४१ प्रतिशतमा बच्चामा हुने संक्रमणको दरमा कमी आएको छ ।

पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहँुचको अभावले एड्सका कारण सन् २०१८ मा विश्वभर औसत दैनिक ३२० अर्थात् हरेक घण्टा १३ जना बालबालिका र किशोरकिशोरीको मृत्यु हुने गरेको संयुक्त राष्ट्र संघले बताएको छ । युनिसेफले सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा ९१ प्रतिशत तब मध्यपूर्व र उत्तर अफ्रिकामा ७३ प्रतिशत, पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वीएसिया र प्रशान्त क्षेत्रमा ६१, ल्याटिन अमेरिका र क्यारेबियनमा ४६, पश्चिम तथा मध्यअफ्रिकामा २८ प्रतिशतलाई औषधि उपचारमा पर्याप्त पहुँच छ । समुदायले फरक पार्नसक्छ भन्दै डिसेम्बर १ मा विश्वभर ३२आंै विश्व एड्स दिवस मनाइएको छ ।

५३ प्रतिशत संक्रमित मात्र उपचारमा

नेपालमा सन् १९८८ मा पहिलोपटक एक जना मानिसमा एचआईभी एड्स फेला परेको थियो । संक्रमित रोगका कारणभन्दा समाजले दिने अशिक्षा, लाञ्छना र विभेदका कारण पहिचान गर्न डराएर रोगीहरू मर्छन्, पहिचान नै गराई निदान भए पनि लुकेर बस्ने, हेलाका कारण औषधि नखाने, छाड्ने, ड्रग, रक्सी खाने गर्दछन् । बासस्थान नै सर्ने पनि कम छैनन् । नेपालमा ७६ प्रतिशत एचआईभी संक्रमित असुरक्षित यौनसम्पर्कका कारणबाट भएको पाइन्छ र नेपालको संक्रमण केन्द्रिकृत महामारी अर्थात् जोखिम समूहमा संक्रमण दर ५ प्रतिशत बढी तर जनसंख्यामा १ प्रतिशत कम हुनु हो । नेपालमा पछिल्लो समय संक्रमितको संख्या २९ हजार ९ सय ४४ को हाराहारीमा २१ हजार जीवित छन् ।

२१ हजार निदान भएकामा भने १८ हजार एआरटी उपचारमा छन् । नेपाल सरकारले सन २०२० सम्म ९०÷९०÷९० को अवधारणा थियो । सन २०३० सम्ममा जनस्वास्थ्य समस्याका रूपमा रहेको संक्रमण शून्यमा झार्ने लक्ष्य छ तथापि कार्यक्रम प्रभावकारी रूपमा अघि बढेका छैनन् । उपचारमा नआएका ४७ प्रतिशत संक्रमित लुकेर बसी संक्रमण तथा मृत्यृ बढाइरहेका छन् । संक्रमण’bout खुलेर आउँदा समयमै उपचार पाइन्छ, तर लुकाएर बस्दा उपचार नलिनेले अकालमै ज्यान गुमाउँछन् ।
जोखिम समूह ः जोखिम समूहमा यौनकर्मी महिला, यौनकर्मीका ग्राहक, यातायात मजदुर, प्रवासी, सुइबाट लागू पदार्थ लिने, लागू पदार्थका दुव्र्यसनी तथा सुई साटासाट गर्ने, रोजगारीको लागि बाहिर लामो समयसम्म काम गर्न जाने र असुरक्षित यौन सम्पर्क राख्ने पर्दछन् ।

 

सरकारले सुरक्षित यौनसम्पर्क गर भन्दै कन्डम बा“ड्ने र प्रहरीले कन्डम बोके यौनकर्मी भन्दै पक्रन्छन् । यही डरले यौनकर्मीहरू छात्रछात्रा, प्रेमी वा कर्मचारी आदि बन्ने सिलसिला कायमै छ

कलिलै जीवनदेखि जीवनसाथी बनाउने, प्रेम र यौनसम्बन्धमा फरक छुट्टयाउन नसक्नु र विवाहअघिको यौनसम्पर्कले गर्दा अविवाहित युवायुती नैतिकतालाई पन्छाएर, यौन आवेग रोक्न नसकेर, यौन कौतुहलता मेटाउन तथा दबाबमा जो पायो उही केटा वा केटीसँग यौनसम्पर्क राख्ने गरेको पाइन्छ । प्रेमी वा जोडी अरू यौनकर्मीको संसर्गमा भए÷नभएको तथा संक्रमणको अवस्था’bout सचेत नहुँदा सजिलै संक्रमणमा पर्दछन् । सन् १९९५ को सर्वेक्षणमा २ प्रतिशत सुईद्वारा लागू पदार्थ सेवन गर्नेमा एचआईभी संक्रमण थियो भने सन् २००४ को सर्वेक्षणमा ६८ प्रतिशत थियो । दुव्र्यसनी यौनसंसर्गमा जाँदा सामान्य र सोच्नसक्ने अवस्थामा नहुने तथा सिरिन्ज साटासाट गर्छन् । दुव्र्यसनीले आफू मात्र संक्रमित नभई आफ्ना ब्वाई वा गर्लफ्रेन्ड, श्रीमान्÷श्रीमती वा अन्य सम्पर्क व्यक्तिसमेत संक्रमणको चपेटामा पार्छन् । ७५ प्रतिशत एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क राख्ने र ६४ प्रतिशतले कन्डम प्रयोग नगर्ने गरेको तथ्यांक छ ।

यौनपेसाको वैधानिकता ः ५१ प्रतिशत यौनकर्मी कन्डम प्रयोग नगरी असुरक्षित यौनसम्पर्क राख्छन् । ७५ प्रतिशतभन्दा बढी संक्रमण कन्डम प्रयोग नगर्दा भएको पाइएको छ । यौनकर्मीमा २१ प्रतिशतले अझैसम्म स्वास्थ्य परीक्षण गराएका छैनन् । ८८ प्रतिशत यौनकर्मीमा मदिरालगायतका मादकपदार्थको अम्मल छ । पेसामा अविवाहितभन्दा विवाहित बढी संलग्न छन् । सरकारले सुरक्षित यौनसम्पर्क गर भन्दै कन्डम बाँड्ने र प्रहरीले कन्डम बोके यौनकर्मी भन्दै पक्रला भन्ने डरले यौनकर्मीहरू छात्रछात्रा, प्रेमी वा कर्मचारी आदि बन्ने सिलसिला जारी रहेकाले राष्ट्रिय एचआईभी तथा यौन रोग नियन्त्रण केन्द्रले यौन पेसालाई वैधानिक बनाउन जोड दिएको छ । थाइल्यान्डमा यौन पेसालाई व्यवस्थित गरेकै कारण राष्ट्रिय आयमा ६ प्रतिशत बढी योगदान गर्दै आएको छ जहाँ यौनकर्मी भई कन्डम नबोके प्रहरीले समात्छ ।

रोकथाम ः नेपालमा एचआईभीविरुद्ध रोकथाम र नियन्त्रण कार्यक्रममा वर्षौदेखि चलिआएका छन् । रोगको भाइरस प्रवेश गरेपछि वा एड्स लागिसकेपछि विभिन्न किसिमका रोग भइरहने र मृत्युवरण नै गर्नुपर्ने बाध्यता भएको हुँदा रोकथाम नै सबैभन्दा उत्तम उपाय हो । यो रोग आफंैमा उत्पत्ति नभई संक्रमित जीवरसका माध्यमबाट सर्ने भएकाले उनीबाट बच्न नै सबैभन्दा बुद्धिमानी हुन्छ । बढ्दो देहव्यापार, अज्ञानता, बेरोजगारी, चेलीबेटी बेचबिखन, पश्चिमी सभ्यताको अन्धाधुन्ध नक्कल गर्दै आधुनिक र सभ्य बन्नेजस्ता कुराले अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गरेकाले ध्यान दिनु जरुरी छ । खासगरी युवापुस्तामा लक्षित गरी कार्यक्रम तर्जुमा गर्नुपर्दछ । समस्यालाई एक साझा समस्याका रूपमा बुझ्ने र एकीकृत कार्यप्रणालीको रूपमा लगी समस्याको न्युनीकरण गर्न न्यायपूर्ण सामाजिक संरचनाको निर्माणमा सबै क्षेत्र लाग्न जरूरी देखिन्छ ।

अन्तमा, चितवन मात्र नभई प्रायः जिल्लामा नयाँ चुनौतीका रूपमा संक्रमण धार्मिक भक्ति, विज्ञापन र फरक औषधिबाट निर्मूल हुन्छ भन्दै एचआईभी सक्रमित औषधि नखाने र खाइरहेका औषधि पनि छोड्न थालेका छन् । भरतपुर अस्पतालमा पछिल्लो ३ महिनामा धर्मको आडमा माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका संगतिमा गई ध्यान गर्ने ९ जनाले औषधि छोडेका छन् । आयुर्वेदिक औषधिबाट निको हुन्छ र रक्सी खाएपछि सबै दुःख भुलिने भन्दै एआईभी थेरापी छोड्ने पनि छन् । परिवारमा आएको बिचलन, खुलापन र जोखिम बढ्नु, संक्रमित खुलेर नआउनु र औषधि खान बेवास्ता गर्ने बढ्दै गएकाले संक्रमण नियन्त्रण चुनौती बनेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 856 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि