काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक १३ दशमलव ३७ अंकले बढेको छ । नयाँ वर्ष सुरु भएसँगै घट्दो क्रममा रहेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको हो ।
हिजो मंगलबार २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरको ३२ लाख १३ हजार १ सय ९५ कित्ता सेयर कारोबार भएको छ । सूचक बढे पनि कारोबार रकममा खासै प्रभाव नदेखिएको बजारमा नेप्से सूचक १३ दशमलव ३७ अंकले बढेर २ हजार ३ सय ५७ दशमलव २५ बिन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका १३ वटै उपसूचक बढेका छन् । सर्वाधिक बढ्नेमा होटेल तथा पर्यटन र अन्य समूह रहेका छन् ।
यस दिन २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेस्डो समृद्धि लघुुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर रहेको छ । यी कम्पनीको सेयर १० प्रतिशतले बढेका छन् । घटेनेमा भने दिव्यश्वरी हाइड्रोपावर कम्पनी रहेको छ । यसका लगानीकर्ताले ८ प्रतिशतका दरले घटेको छ ।
१ अर्ब ३२ करोडको सेयर कारोबार
कारोबार रकमका आधारमा ६ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेर नबिल बैंक अग्रस्थानमा रहेको छ । त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र महालक्ष्मी विकास बैंक परेका छन् ।
त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ६१ अंकले बढेर ४ सय ४७ दशमलव ७६ को बिन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका २ सय २९ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
नेस्डो समृद्ध लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबारमा आएको हो भने ग्रिन भेन्चर्सको सेयर कारोबार दोस्रो बजारमा मंगलबारदेखि आएको हो ।
सोही कारण यी दुवै कम्पनीको सेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले सेयर मूल्य बढेको हो । त्यसैगरी मंगलबार सबैभन्दा बढी दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ८ दशमलव २ प्रतिशत घटेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ सय ४८ रुपैयाँमा झरेको हो ।
मंगलबार कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३ दशमलव ६४ प्रतिशत घटेर १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार मंगलबार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६ दशमलव शून्य ३, व्यापार शून्य दशमलव ८७, होटल तथा पर्यटन ३१ दशमलव १४, विकास बैंक ३२ दशमलव ८९, जलविद्युत् ११ दशमलव २४, वित्त ७ लदशमलव ८६, निर्जीवन बिमा ६२ दशमलव ४४, उत्पादन २४ दशमलव ६२, अन्य १९ दशमलव ४५, लघुवित्त ३३ दशमलव १९, जीवन बिमा ९७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य ८ र लगानी शून्य दशमलव ४ अंकले उकालो लागेको छ । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ८३ करोड ५३ लाख ६४ हजार ९ सय ९२ रुपैयाँ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ३० लाख ६७ हजार ३ सय ८५ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी ४ करोड ३५ लाख ९० हजार ५ सय ७२ रुपैयाँ, महालक्ष्मी विकास बैंक ३ करोड ८३ लाख २१ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर ३ करोड ५५ लाख ७३ हजार ३ सय ६९ रुपैयाँ र अपी पावर कम्पनी ३ करोड ३८ लाख ४४ हजार ४ सय ८१ रुपैयाँ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।






