लुम्बिनी प्रदेशमा एक वर्षमा ४११ वटा बलात्कार घट्ना, आधा बढी पीडित १८ वर्ष मुनिका


कपिलवस्तु । एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका विरुद्ध उजुरी परेको तथ्याङ्क प्राप्त भएको छ ।

गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा बाँकेमा ६३ वटा बलात्कार घटनाका उजुरी परेका छन् । त्यस्तै बर्दियामा ५७ वटा, दाङमा ८३ वटा रोल्पामा १८ वटा, प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरासी पश्चिममा १९ वटा, पाल्पामा २१ वटा, गुल्मीमा १३ वटा र अर्घाखाँचीमा ७ वटा बलात्कार घटनाका उजुरी परेका हुन् ।

बलात्कृत हुनेहरूमा १६ वर्ष मुनिका १७३ जना बालिका रहेका छन् । १६ देखि १८ वर्ष मुनिका ९० जना रहेका छन् । १८ देखि २५ वर्षमुनिका ७२ जना रहेका छन् । २६ देखि ३५ वर्षका ३६ जना रहेका छन् । २६ देखि ४५ वर्षका २५ जना रहेका छन् । ४६ देखि ६० वर्ष मुनिका १३ जना र ६० वर्षदेखि माथिका २ जना महिला बलात्कृत भएका छन् ।

सबैभन्दा कम उमेरकी ३ वर्षीया बालिका बर्दियामा एक जना र पाल्पामा एक जना गरी दुई जना बालिका यौन हिंसाको शिकार भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान