डब्ल्यूएचओका महानिर्देशकद्वारा खोप केन्द्रको अवलोकन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् ।

शुक्रवार महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन् । खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ । गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।
यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडबिरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ । खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको जानकारी दिए ।

मेयर महर्जनले भने ‘कोभिड १९ पछि हामीले गरेका राम्रा कामको अवलोकन भ्रमण हो यो । यो हाम्रो निमित्त धेरै महत्वपूर्ण छ । उहाँको भ्रमणले पक्कैपनि स्वास्थ्य क्षेत्रमा भविष्यमा छलाङ मार्नेछ ।’

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । सरकारले गत वर्षको चैत्र २५ गतेदेखि देशभरका विभिन्न विद्यालयहरुमा खोप केन्द्र राखेर टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । खोप अभियानको पहलिो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान शुरु गरेको छ । यो अभियानमा लगभग ७५ लाख बालबालिकाले लाभ लिने सरकारको अनुमान छ । नेपाल भ्रमणका क्रममा रहेका महानिर्देशक गेब्रेयससले गत बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेका थिए । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द