जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे

जुम्ला । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टी बीच गठवन्धन नहुने भएको छ । तीन पार्टी बीच भागवन्डा नमिलेपछि जुम्लामा गठवन्धन नहुने भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरका अनुसार प्रदेशकाे निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठवन्धन टुटेको हो । काँग्रेसले पनि एक्लै चुनाव लड्ने भनेपछि गठवन्धन नहुने देखिएको उनले बताए । ‘मननोयन दर्ता गर्ने समय भईसक्यो । पार्टीहरु बीच एक आपसमा नमिने कुरा आएपनि अव तीन पार्टी एकला एक्लै चुनाव लड्ने भएका हुन् ।’उनले भने ।

नेकपा समाजवादी पार्टी अध्यक्ष तिर्थ बुढाले भने ‘गठवन्धनमा हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेशको निर्णय अस्वीकार गरेका हौँ ।’ गुठीचौर र हिमा गाउँपालिका मागेका तर गठबन्धनमा सहभागी अन्य दलले दिन नमानेपछि गठवन्धन नहुने भएको उनले जानकारी दिए ।

नेपाली काँग्रेस पार्टीका पुर्व जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागवन्डा नमिल्दा आजदेखि गठवन्धन टुटेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै