एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार


काठमाडौं । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएकाे छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

एकीकृत समाजवादीले काठमाडौं महानगरमा रामेश्वर श्रेष्ठलाई उपमेयरकाे टिकट दिएको छ । इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् । आज मनाेनयन दर्ताकाे अन्तिम दिन हाे ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने