नयाँघरेले ल्याए ‘याकजी’

काठमाडौं । मदन पुरस्कार बिजेता निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले निबन्ध संग्रह ‘याकजी’ पाठकमाझ ल्याएका छन् । यो कृतिको काठमाडौंमा एक समारोहमाझ प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेका छन् ।

नियात्राकार नयाँघरेका यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो सँग्रहको नियात्रामा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ ।

विमोचनपछि नाटककार मल्लले डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण रहेको बताए । यस्तै समालोचक महेश पौडेलले याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको सो कार्यक्रममा बताए ।

नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई अन्य पुस्तकमा जस्तै यसमा पनि समेटेको बताए । डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म रुपमा पुस्तकमा समेटिएको उनको कथन थियो ।

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै, बिमोचन कार्यक्रममा भने,‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ भन्ने सन्देश दिन यो पुस्तक लेखेको हुँ ।’

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

epaper

ताजा समाचार

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि