धनगढीमा एमालेका उम्मेदवार चन्दले गराए उम्मेदवारी दर्ता

टीकापुर(कैलाली) । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ ।

सोमबार एमालेले धनगढी उपमहानगरपालिकाकाको प्रमुख/उपप्रमुख लगायत १९ वटै वडाका वडाध्यक्ष, सदस्यहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले पार्टी कार्यालयदेखि बजागाजाका साथ र्याली सहित निकालेर धनगढीको मुख्य निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको नगर प्रमुखका उम्मेदवार रणबहादुर चन्दले बताए ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै चन्दले भने ‘मेरो उम्मेदवारी समृद्ध धनगढीको विकासका लागि हो ।’ नगरप्रमुखमा निर्वाचित भएपछि जनचाहना अनुसार विकास निर्माणको काममा जुट्ने उनले बताए । यसैगरी नगर उपप्रमुखमा कन्दकला राना उम्मेदवारी दर्ता गराएकी छिन ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न