जनकपुरधाम । नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताको दास्रो दिन शुभेच्छुकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखेर प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले बताए । साथै, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए ।
केही साता अघिमात्रै कांग्रेसको आश्वासन पाएपछि साहले चुनाव लड्नकै लागि नेपाल प्रहरीको एसएसपी पदबाट राजीनमा दिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)






