कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा

कपिलवस्तु । स्थानीय निर्वाचनमा कपिलवस्तुमा एकै परिवारका सदस्य बीच विभिन्न पार्टीवाट कडा प्रतिस्पर्धाहुने भएको छ । १२ बैशाखमा भएको उम्मेदवारी दर्ताको प्राप्त प्रारम्भीक विवरण अनुसार कृष्णनगर नगरपालिकामा कांग्रेसका तर्फवाट मेयर रजत प्रताप शाह र एमालेका तर्फवाट मेयर कुनाल प्रताप शाह बीच कडा प्रतिस्पर्धा हुने भएको हो ।उनीहरु सहोदर काका भतिजा हुन्।

यसैगरी बाणगंगाको वडा नं ७ मा पनि सहोदर २ भाई चुनावी प्रतिस्पर्धामा होमिएका छन् । मोतिपुरका पूर्ब गाविस अध्यक्ष समेत रहेका नेत्र गिरीले जनता समाजवादीवाट र निवर्तमान वडाध्यक्ष विष्णु गरीले एमालेवाट उम्मेदवारी दर्ता गराएपछि टक्कर हुने भएको हो ।

यता लामो समय बृजेश कुमार गुप्तासंग राजनितिक सामिप्यता राखेका सुदिप पौडेल र सुनिता गुप्ताले उनको साथ छाडेर कपिलवस्तु नगरमा जसपावाट मेयर र उपमेयरको उम्मेदवार बने । पाँच दलिय गठबन्धन असफल भएपछि कपिलवस्तुको वाणगंगामा माओवादी ,एकिकृत समाजवादी , जनमोर्चा र जसपाको चारदलिय गठबन्धन वनेर मेयरमा देवराज अर्याल र उपमेयरमा कमल भटराइले उम्मेदवारी दिने गरी एकाएक राजनीतिमा उदाए । एकै परिवारका व्यक्ति फरक फरक पार्टीबाट उमेदवारी दर्ता गराए संगै कपिलवस्तुमा अहिले चुनावी माहोल तातेको छ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले