एकल साँझमा कालीप्रसाद बासकोटा

काठमाडौं । गायक, संगीतकार कालीप्रसाद बासकोटाले आफ्नो एकल साँगीतिक कन्सर्ट दिने भएका छन् । उनले यही ३१ वैशाखमा दरबारमार्गको क्लब प्लाटिनममा आफ्नो एकल गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

नेपालमा बिदेशी कलाकारहरुको कन्सर्ट क्रम बढेको बेला काली प्रसाद बासकोटाको एकल कन्सर्ट आयोजना हुन लागेको हो । ‘कालीप्रसाद बासकोटा लाइभ’ नाम दिइएको यो कन्सर्टलाई पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्कले आयोजना गर्न लागेको हो ।

उनले ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’लगायत विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ । गायक काली प्रसादका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ ।

काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम