काँग्रेसले आज प्रतिनिधिसभा अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।

काँग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

साथै प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राखेर बैठक अवरोध गर्ने निर्णय भएको उनले जानकारी दिए । उनले जग्गा खरिद गरेका व्यक्तिलाई भने उन्मुक्ति दिन खोजेको आरोप लगाए । यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो