सदरमुकाम भित्रै बलेन बत्ती, ठेक्का भएको सात बर्षसम्म पनि भएन काम

बाजुरा जिल्लाका गाउँमा बिद्युतीकरणका लागि स्थानियहरु श्रमदान गरेर पोल बोक्दै । तस्विर : निमेन्द्र शाही

बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडिमालिका नगरपालिका–८ मा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का दिएको सात बर्ष पुरा हुँदा समेत जनताले बिद्युतको उज्यालो पाएका छैनन् । बिद्युतलाई बिस्तारको लागि २०७१ सालमा ठेका प्रकृयाबाट काम शुरु गरिएको थियो ।

नेपाल बिद्युत प्राधिकरणको अछाम शाखाले शिलबन्दी दरभाउ अनुसार उक्त काम अछामको कुवर बिल्डक्सलाई काम दिएको हो । बिल्डक्सका संचालक खम्ब कुवरको लापरबाहीका कारण उक्त काम नभएको कुरा बिद्युत प्राधिकरण अछामका प्रमुख बिजय रेग्मिले बताएका छन् । तत्कालीन समयमा बाजुरा जिल्लामा प्राधिकरणको कार्यालय नभएकोले अछामबाट काम गरेको र अहिले बाजुरामा कार्यालय हुँदा समेत उक्त कामको दायित्व हस्तान्तण हुन नसक्दा थप समस्या भएको कुरा बाजुरा शाखाका प्रमुख महेश चन्द्र भट्टले बताए ।

‘सदरमुकाम भित्रकै भाग भएपनि उज्यालो बल्न पाइएको छैन । ठेकेदारले काम गरीदेला र उज्यालो बाल्न पाईएला भन्ने आशा थियो सात सात बर्ष सम्म काम नहुदा जागेको आशा पनि मरेको छ ।’ स्थानिय लालबहादुर रावलले बताए । बिद्यालय जाने विद्यार्थीहरु र बिद्युतबाट हुने कुनै पनि सेवा यहाँका स्थानियले लिन नपाएको गुनासो छ ।

‘हाम्रो घरमा बिद्युत नहुँदा मोबाईल चार्ज गर्न समेत बजार जानुपर्ने समस्या छ । पटक–पटक पहल गर्दा सरकारले योजना दियो अब ठेकेदारले हामीलाई फसायो, केही काम गरी दिएन, काम अलपत्र छोडेको छ केही काम हुनै सकेको छैन ।’ स्थानिय बिरेन्द्र रावलले बताए । अहिलेको जमनामा हरेक खालका बिकास भएको छ ।

‘प्राधिकरणले डुग्रीका लागि ल्याएका पोलहरु अहिले मार्तडीको सडकमा अलपत्र छन् । काम शुरु हुँने टुङ्गो छैन हामीले बिद्युत बाल्न पाएका छैनौं, सरकारले बिद्युत खपत भएको छैन भनेको छ तर यहाँ हाम्रो घरमा बिद्युतको लाइन नै जडान भएको छैन ।’ भिमबहादुर रावलले बताए ।

‘सदरमुकामको वडाको ठुलो बस्ती अध्यारोमा बस्नु परेको छ । यस बिषयमा नेपाल बिद्युत प्राधिकरणलाई पटक–पटक अनुरोध गरेका छौं । त्यसको सुनुवाई अहिलेसम्म भएको छैन । हामी जनप्रतिनिधले अनुरोध गर्ने हो । प्राधिकरणका कर्मचारीले कानमा तेल हालेर सुतेका छन् ।’ बडिमालिका नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश रावलले भने ।

नेपाल बिद्युत प्राधिकरणले उक्त ठेक्काको म्याद एक बर्ष मात्र दिएको थियो । ‘ठेकेदारले थुप्रो पटक म्याद थप्दै आयो अहिले कामै छोडेर मत्लब गरिरहेको छैन । भुक्तानी लिन आएको भए उसको रकमबाट पेनाल्टी काट्नु हुन्थ्यो, त्यसो पनि भएन अहिले त्यो कामनै अलपत्र छ । अब नयाँ ठेक्का खोलेर काम गर्ने योजनामा छौं’, बिद्युत प्राधिकरण अछामका प्रमुख बिजय रेग्मीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य