राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण

चुरे मकवानपुर । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू आआफ्ना योजना र एजेन्डा लिएर वडावडा, टोलटोल र मतदाताको दैलोदैलो पुगिरहेका छन् । चुनावी घरदैलो अभियानमा केन्द्रित रहेका उम्मेदवारहरूको भिडमा नै छन् हेटौंडा–५ बाट एमालेका उम्मेदवार सुशील घिमिरे पनि ।

अबको यात्रा वडाको विकासमा

अधिकांश स्थानीय तहमा पुरानै अनुहारको उपस्थिति देखिए पनि उनी वडाका पुराना विकासप्रेमी तथा जनताको माझमा रमाएका व्यक्ति हुन् । ‘हेटौंडा ५ मा आशालाग्दा युवामध्येमा पर्छन् सुशील, विकासप्रेमी मान्छ,’ एमाले सचिवालय सदस्य ईश्वर ढुंगानाले भने ‘उनको नेतृत्वले हेटौंडा–५ लाई सुन्दर र नमुना बनाउनेछ ।’

सुशील पूर्वराष्ट्रिय बक्सिङ खेलाडी हुन् । सरल र इमानदार व्यक्तिका रूपमा छवि बनाएको घिमिरेलाई एमालेले वडाबाट सर्वसम्मत वडाको अध्यक्षका लागि सिफारिस गरेपछि वडाबासीमा आशा बढेको उनले बताए ।

हेटौंडाको पिप्ले युवा क्लबका अध्यक्ष तथा नेपालका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी घिमिरेले अगुवाइ गरेको केही कामले उनको लगाव र क्षमता परीक्षण भइसकेको बताउँछन् सो वडाका सुरेश लामिछाने ।

घिमिरेको अगुवाइमा देशकै नमुना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ । घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गरेका थिए । पछि मार्सल आर्टमा राम्रो भविष्य नदेखेपछि २०५४ सालमा बक्सिङ खेल्न सुरु गरेका उनले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जीत हासिल गरे ।

बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको १०औं दक्षिण एसियाली खेलकुद (साग)को रजतपदक रहेको उनले बताए । २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उनी २० वर्षको हुँदा पहिलोपटक नेपाल च्याम्पियन भएका थिए । १२ अन्तर्राष्ट्रिय खेलमा उनले तीनवटा उपाधि जितेको बताए ।

सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आबद्ध भएका उनी सशस्त्रको टिमबाट खेल्न सुरु गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बने ।

२०६० सालदेखि निरन्तर राष्ट्रिय च्याम्पियन भए । घिमिरे भन्छन्, ‘सानोमा काठमाडौंमा बक्सिङ प्रतियोगिता भएको थियो । त्यहाँ खेल्न जाँदा पहिलोपटक दशरथ रंगशाला घुम्न पुगे, रंगशाला देखेपछि आफ्नो ठाउँमा पनि यस्तै रंगशाला भइदिए हुन्थ्यो भन्ने सधैं मनमा लागिरहन्थ्यो । त्यो सयममा रंगशाला बनाउन सक्ने आँट नभए पनि सरकारले बनाउँछ कि भन्ने पनि आश थियो । यदि सरकारले बनाएन भने आफैंले बनाउँछु भन्ने सपना पनि बोकेर हिँड्थे सधैं ।’

खेल जीवन निरन्तर चलिरहँदा केही बाध्यता र केही रहर बोकेर खेल जीवन छाडेर मकाउ पुगे उनी । ‘मकाउको बसाइमा पनि निरन्तर रंगशाला बनाउने कुरा खेलिरहन्थ्यो,’ उनले भने, ‘सात वर्ष मकाउ बसें, त्यहाँ बस्दा साथीभाइको कपाल काटेर आएको पैसा जम्मा गरेर रंगशाला निर्माणका लागि अक्षयकोष बनाए ।

घिमिरेले २०५५ सालताका ६ वर्ष पिप्लेचोकमा आफू र क्लबका साथीभाइ मिलेर सैलुन चलाएका थिए । कपाल काटेबापत सैलुनबाट प्रतिव्यक्ति आउने ५ रुपैयाँ जम्मा गरेर क्लबको जर्सी किन्ने र खेल हुँदा खेलाडीलाई ग्लुकोज पानी खुवाउन र खाजा खान खर्चिन्थे उनी । यसरी जम्मा गरिएको पैसाबाट अन्य ठाउँमा हुने प्रतियोगितामा क्लबका खेलाडीहरूलाई खेल्न लैजाने गरेका उनको पछि लागेर खेल जीवनमा रमाइरहेका खेलाडीको स्मरणमा ताजै छ आज पनि ।

हेटौंडा फर्केपछि रंगशाला बनाउने सपनाले उनलाई निदाउन दिएन । २०७७ फागुनमा हेटौंडामा गोल्ड कप भयो । गोल्ड कप हेर्न बाँसको प्याराफिट बनाइएको थियो, यो देखेर उनलाई अझै औडाहा भयो, दर्शको व्यापक भीड, प्याराफिट भने बाँसको । खेल हेर्दा हेर्दै हौसिएर उफ्रन खोज्दा लडेर दुर्घटना हुने जोखिम उत्तिकै ।

गोल्ड कपको उद्घाटन गर्न पुगे हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत । सुशीलले आफ्नो कुरा राखिहाले ‘मेयर साप कतिन्जेलसम्म यस्तो बाँसको प्याराफिटमा बसेर खेल हेर्ने ? आफ्नै ठाउँमा राम्रो रंगशाला बनाउन पाए हुन्थ्यो नि !’ मेयर महतले सकारात्मक जवाफ दिएपछि घिमिरेलाई थप हौसला मिल्यो ।

त्यसलगतै २०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँचलगायत निर्माण लागत अनुमान गरियो । रंगशाला निर्माणका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो । सुशील आफैं लागि परे रंगशाला बनाउन । अन्नतः लागत अनुमानभन्दा आधा कम अर्थात् झन्डै २ करोड रुपैयाँमा रंगशाला निर्माण सम्पन भयो ।

बिहानैदेखि साँझसम्म रंगशालामा साबेल र पिक बोकेर भिडिरहेका भेटिन्थे सुशील । उनको जोसलाई सघाए स्थानीय युवा र व्यवसायीले र सघायो स्थानीय सरकारले पनि ।

होस्टे गर्नेको खाँचो थियो सुशीलले होस्टे गरे हैंसेमा थपिए अरू रुचिकर व्यक्तिहरू र बन्यो आकर्षक रंगशाला हेटौंडा–५ क्याम्पाडाँडामा । करिब पाँच बिघा क्षेत्रफलमा निर्माण भएको रंगशालामा करिब १० हजार दर्शक अटाउने क्षमताको छ । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशीलले बताए ।

जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएको थियो । निर्माण कार्यमा लाग्ने श्रम स्थानीयले जनश्रमदानमा सहयोग गरेका हुन् । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट कुनै पनि आर्थिक सहयोग भएन । यसअघि पनि उनले हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङसहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसकेका थिए, भौतिक निर्माणमा उनको यो अनुभव रंगशला निर्माणमा समेत फलदायी बन्यो ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बरहथवा मेयरमा कटुवाल निर्वाचित