नेपाली भूभाग भारततिर पारेको विरोधमा ज्ञापनपत्र बुझाउन सिंहदरबार

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका र बेलडाडी गाउँपालिका सीमा क्षेत्रमा नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा रेखांकनको स्थानियले ब्यापक विरोध गरिरहेका छन् ।

कञ्चनपुरका स्थानियसहित जनप्रतिनिधिहरुले आइतबार गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भुमि सुधार मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सीमा सर्वे टोलीले गरेको रेखांकनको विरोध जनाएका छन् ।

साढे पाँच दशकदेखि कञ्चनपुरको बेलौरी र बेल्डाँडीमा बस्दै आएका स्थानीयको जमिन भारतमा पर्न थालेपछि सीमा विवाद चुलिएको हो । नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमास्तम्भ राख्न थालेपछि त्यस क्षेत्रका नागरिक आक्रोशित बनेका छन् ।

जनप्रतिनिधिहरु ज्ञापनपत्र बुझाउन काठमाडौ्र पुगेका टोलीमा सहभागी तथा अन्तरास्ट्रिय सिमा सरोकार समुहका सदस्य हरिस पन्तका अनुसार सर्भे टोलीले जंगे पिल्लरलाई आधार नबनाइ स्ट्रिप नक्सा बनाएको र यसले सयौं हेक्टर नेपाली भूभाग भारततिर परेको भन्दै आफुहरुले गृहमन्त्रालय र परराष्ट मन्त्रालयमा ज्ञापनपत्र बुझाएको बताए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले सीमा विवाद संवेदनशील भएकोले यो बिषयमा आफूहरू गम्भीर भएको बताए । गृहमन्त्रीले ज्ञापनपत्रमा उल्लेख गरिएका विषयमा नापी विभागका महानिर्देशकलाई समेत बोलाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै भारतीय पक्षबाट ब्रिटिस सरकारको पालाको नक्सा भन्दै गलत नक्शा पेश गरेको र नेपाली टोलीले त्यसै नक्सालाई स्वीकार गरेर स्ट्रिप नक्शा तयार पारेको ज्ञापनपत्रमा उल्लेख छ । भारतले अतिक्रमण गरेको भूमि नेपालको देखिने गरी स्थापित सीमामा रहेका जंगे पिल्लरहरूलाई साक्षी स्तम्भ र नेपालतर्फ रहेका साक्षी तथा सहायक स्तम्भलाई सीमाको मूल पिलर स्वीकार गरेर स्ट्रिप नक्शा तयार गरिएको ज्ञापनपत्रमा जनाइएको छ ।

जनप्रतिनिधिहरूले सर्वे टोलीले जंगे पिल्लरलाई आधार नबनाई स्ट्रिप नक्शा बनाएको र यसले सयौं हेक्टर नेपालको भूभाग भारततिर परेको भन्दै समस्या समाधानका लागि अनुरोध सहित ज्ञापन पत्र बुझाएको सहभागी नेकपाका नेता पल्लवराज भट्टले जानकारी दिए ।

यता नेपाली भूमिमा सीमा पिल्लर गाडिएको स्थानीयले उक्त पिल्लर तोडिदिएका छन् । शनिबार उनीहरुले हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३÷४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका छन । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम गरिरहेको छ ।

सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका सीमा विवादहरुको अझै समाधान हुन सकेको छैन । थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ । भारत संग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा केही विवाद देखिएपछि सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ । यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित