मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !


इटहरी । बहालवाला मेयरहरू मेयरमै दाबी गर्छन् । कतिपय अवस्थामा मेयरमा टिकट नपाए प्रदेश वा संघमा जाने तयारीमा हुन्छन् । तर, सुनसरीको इनरुवामा भने रोचक भएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

पार्टीले वडासदस्यमै टिकट दिएकाले आफूले वडासदस्यको उम्मेदवारी दिएको मेहेताले प्रतिक्रिया दिए । उनले फोन सम्पर्कमा भने, ‘पार्टीले मूल्याङ्कन गरेर वडा सदस्यमा टिकट दियो, पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

उनले इनरुवा नगरपालिका वडा नं. २ बाट वडासदस्यमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नगरसभापति समेत रहेका उनले राजधानीसँग भने, ‘पार्टीले जहाँ लड् भन्यो, त्यहीँ उम्मेदवार दिएको हुँ, पार्टीको निर्णय मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’ उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने रहेको बताउँदै भने, ‘पार्टीले गरेको मूल्याङ्कन मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’

इनरुवा २ मा कांग्रेसबाट रन्जेश भट्टराई वडाध्यक्षको उम्मेदवार छन् । कतिपय नेताहरूले भने मेहेताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख बन्नका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताउँदै आएका छन् । यस विषयमा छोटो प्रतिक्रिया दिँदै मेहेताले भने, ‘भोलिको दिन के हुन्छ, थाहा छैन ।

तर, आज पार्टीले दिएको टिकटमा मैले चुनाव लड्दैछु ।’ उनले भोलिको दिन कसैले नदेखेको भन्दै आज वडासदस्यमा आफ्नो उम्मेदवारी रहेकाले हाल घरदैलो अभियानमा रहेको बताए । यसअघि उनले मेयरमा दाबी गर्दै आएका थिए । तर, कांग्रेस सुनसरीका सभापति केदार भण्डारीलाई पार्टीले मेयरमा टिकट दिएपछि उनलाई वडासदस्यको टिकट दिइएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल