स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन


धनगढी । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका व्यवसायी गोपाल हमाल यस पटक पुनः उ्रम्मेदवार बनेका छन् । ०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, स्वतन्त्र उम्मेदवार हमाल, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । तर, मुख्य प्रतिस्पर्धा काँग्रेस उम्मेदवार नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार हमालबीच भएको थियो । हमाल काँग्रेस उम्मेदवार वडसंग २७ सय बढी मतले पराजित भएका थिए । दोस्रो स्थानमा आएका हमालले निर्वाचनमा ११ हजार पाँच सय २७ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा पराजय लगत्तै उनी विवेकशिल साझा पार्टीमा आवद्ध भए । उनलाई विवेकशील साझा पार्टीले प्रदेश संयोजकको जिम्मेवारी दियो । स्थानीय निर्वाचनको पा“च महिनापछि भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा विवेकशिल साझा पार्टीले उम्मेदवारी दिएको थियो । तर, प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विवेकशील साझा पार्टीले अपेक्षा गरेभन्दा निकै कम प्राप्त गर्यो ।

हमाल २०७९ सालको स्थानीय तह निर्वाचन मिति घोषणा नहुदासम्म विवेकशील साझा पार्टीको प्रदेश संयोजकको जिम्मेवारीमा थिए । तर, स्थानीय तह निर्वाचनको मिति तोकिएलगत्तै उनले पार्टीबाट राजीनामा दिएको घोषणा गरे । र, त्यसको केही समयपछि उनले आफु फेरि स्वतन्त्र उम्मेदवारका रुपमा धनगढी उपमहानगरपालिका प्रमुखको उम्मेदवारका रुपमा घोषणा गरे ।

उनी स्वतन्त्र उम्मेदवार भए पनि उनको मनोनयनपत्र दर्ताका क्रममा विवेकशिल साझा पार्टीका नेता प्रकाशचन्द्र भट्ट प्रस्तावक बने । भट्ट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए ।

हमालले विवेकशील साझा पार्टीबाट राजीनामा दिएपछि प्रदेश संयोजकको जिम्मेवारी व्यवसायी दिनेश भण्डारीले बहन गरिरहेका छन् । भण्डारीले भने– हामीले धनगढी उपमहानगरपालिकामा उपप्रमुख लगायत केही वडामा मात्र उम्मेदवारी दिएका छौं । नगर प्रमुख पदमा भने स्वतन्त्र उम्मेदवार हमाल नै हाम्रो उम्मेदवार हुन ।

हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पनि समर्थन रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता छत्र शाहीले भने– हामीले धनगढी नगर प्रमुख पदमा हमाललाई समर्थन गर्दै उपप्रमुख र वडामा मात्र उम्मेदवारी दिएका छौं ।

जानकारहरू पार्टीको उम्मेदवारका रुपमा धनगढी उपमहानगरपालिकामा चुनाव जित्न नसकिने आंकलन गर्दै विवेकशील साझा पार्टीले हमाललाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रस्तुत गरेको बताउछन् । विवेकशील साझा पार्टीका एक नेताले भने– यस पटकको स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीले कतिपय पालिका र वडामा पार्टीकै तर्फबाट उम्मेदवारी दिएको छ भने कतिपय पालिका र वडामा पार्टीको भूमिकाबाट राजिनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरिएको छ ।

विवेकशील साझा पार्टीका केन्द्रिय कार्यालका सचिव दिपक उप्रेतीले पार्टीको जिम्मेवारीबाट चुनाव जित्ने अवस्था नरहेको आंकलन गरेर कतिपय पालिकामा राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिन लगाएको बताए । “कतिपय पालिकामा स्वतन्त्र उम्मेदवारलाई विवेकशील साझा पार्टीको समर्थन रहेको छ” केन्द्रीय कार्यालयका सचिव उप्रेतीले भने, ‘धनगढी उपमहानगरपालिकामा पनि विवेकशील साझा पार्टीका प्रदेश संयोजक हमालजीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले सुर्खेतमा पनि स्वतन्त्र उम्मेदवार खडा गरिएको जानकारी दिए । उनले भने– कतिपय पालिकामा पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छ । भने कतिपयय पालिकामा पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने नीति बनाएका छौं ।
विवेकशील साझा पार्टीले विज्ञप्तीमार्फत धनगढी उपमहानगरपालिकाको प्मुख पदमा हमाललाई समर्थन रहेको जनाएको छ । सो पार्टीले धनगढी उपमहानगरपालिकामा तीन जनालाई पार्टीबाट राजिनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा मात्रै विवेकशील साझा पार्टीसंग जोडिएका १२ जना बढीले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयपत्र दर्ता गराएको बताइएको छ ।

राजनीतिक विश्लेषक अरुण अवस्थीले विगतमा स्थानीय तह, प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेका कारण विवेकशील साझा पार्टीले पार्टी जिम्मेवारीबाट राजीनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरेको हुनसक्ने बताए । उनले भने– पार्टीको कमजोर संगठनका कारण स्वतन्त्र उम्मेदवार बनाएर जिताउने र विजयी भएमा पुनः पार्टीमा प्रवेश गराउने रणनीति लिएको हुनसक्छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार हमालले आफु स्वतन्त्र उम्मेदवार रहेको प्रतिक्रिया दिए । उनले भने– ‘मैले कुनै पार्टी नभनी स्वतन्त्र रुपमा नै उम्मेदवारी दिएको छु । मलाई कुनै पनि पार्टीले समर्थन गर्छ भने मेरा लागि राम्रै हो ।’

तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)

epaper

ताजा समाचार

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच मध्यराति १९ बुँदे सहमति