मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ भने क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ ।

गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । बिरामीका कारण सबै कुरा विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको छायांकन र सम्पादन छ । हरिको क्रियटिभ हेट्सले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो नै उपहार दिएको हो । कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन् । मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने बताए ।

गायक तथा संगीतकार पुष्पन प्रधानले यो गीत सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउँदै यसले मदनकृष्णको स्वर पाउनु थप उपलब्धिको रुपमा व्याख्या गरेका थिए । एक वर्ष अघि सार्वजनिक भएको यो गीत उसबेला पनि खुब रुचाइएको थियो । मदनकृष्णले यसअघि अरु कसैको स्वरमा हिट भइसकेको फूलबुट्टे सारी पनि आफ्नो स्वरमा रेकर्ड गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द