आईजीपी नियुक्ति निर्णयविरुद्धको पोखरेलको रिटमा आज सुनुवाइ

काठमाडाैं । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारकाे गत आइतबारकाे निर्णयविरुद्ध परेकाे रिटमा आज बुधबार सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएकाे छ ।

सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वाेच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियाे ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेकाे दाबीसहित पाेखरेल गत साेमबार सर्वाेच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेकाे थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता