आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा

काठमाडौं । सत्ता गठबन्धनले आज शुक्रबार काठमाडाैं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेकाे गठबन्धनले आज दिउँसाे २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेकाे हाे । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने

काठमाडाैं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् । बिहीबार भरतपुरमा आयाेजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडाैंमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेकाे छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी