दुई हजारको कोठा पाँच सयमै

काठमाडौं । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस प्रभावका कारण मुलुकको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेका बेला अनलाइन ट्राभल कम्पनी एक्सेलट्रिप ग्लोबलले पोखरा भ्रमण गर्नेहरूका लागि दुई रातको होटल बुक गर्दा एक रात सित्तैमा विशेष अफर ल्याएको छ ।

आइतबारदेखि सुरु भएको यो अफर आगामी ३ वैशाखसम्म सञ्चालन हुनेछ । नेपालको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भई हाल विश्वका १४ देशमा आफ्नो उपस्थिति जनाइसकेको एक्सेलट्रिपले कोरोना भाइरस प्रभावले सुस्त भएको आन्तरिक पर्यटनका गतिविधिलाई चलायमान बनाउन पोखरा केन्द्रित ‘राम्रो पोखरा, घुमौं पोखरा’ अभियानमार्फत यस्तो अफर प्रदान गरेको हो ।

एक्सेलट्रिपले प्रदान गरेको यस किसिमको व्यवस्थाअनुसार सहभागीले २ हजार रुपैयाँ पर्ने पोखराका होटलमा एक्सेलट्रिपबाट बुक गरी ई–सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशत छुट र पुनः ५ सय रुपैयाँ थप छुटसहित जम्मा ५ सय रुपैयाँमा आरामदायी कोठामा बस्न पाउनेछन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा एक्सेलट्रिपका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्का र सोही कम्पनीका संस्थापक एवं कन्ट्री डाइरेक्टर आदित्य बरालले सो जानकारी गराएका हुन् । उनीहरूले एक्सेलट्रिपको ‘राम्रो पोखरा घुमांै पोखरा’ योजना सार्वजनिक गर्दै विभिन्न अनलाइन प्रविधिमार्फत भ्रमणका लागि मुख्य पर्यटकीय गन्तव्य पोखराको प्रवद्र्धन गर्ने उद्देश्यले पोखराका २७ वटा होटलले एक्सेलट्रिपमार्फत सहभागीलाई विशेष प्याकेज ल्याएका हुन् ।

एक्सेलट्रिपको अफरमा तीन रातको होटल बुक गर्दा एक रात निःशुल्क र दुई रात बुक गर्दा, एक रात निःशुल्कजस्ता विषेश प्याकेज उपलब्ध छन् । अहिले ई–सेवा सो अभियानको भुक्तानी पार्टनर हो । यस अभियानको वायुसेवा पार्टर यती एयरलाइन्सले पनि एक महिनाको अवधिभर हरेक साता लक्की ड्र विजेतामार्फत दुई जना यात्रुलाई काठमाडौं–पोखरा–काठमाडौं उडानमा दुईवटा एकतर्फी टिकट उपलब्ध गराउनेछ ।

पोखराका विभिन्न २७ वटा होटलको सहभागिता रहेको यस एक महिने योजनामा करिब १० हजार बढीले सहभागी हुने अपेक्षा गरिएको सो कम्पनीले जनाएको छ । कोरोना भाइरसको प्रभावले थालिएको बेला एक्सेलट्रिपले आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना सञ्चालनमा ल्याएको हो ।

नेपालको अर्थतन्त्रमा पर्यटकको महत्वपूर्ण भूमिका हुने भन्दै आन्तरिक पर्यटकलाई बढवा दिन एकमहिने यस्तो योजना सञ्चालनमा ल्याएको एक्सेलट्रिपका प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिए । अहिले पोखरा, चितवनलगायत मुलुकभरका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या २० प्रतिशतभन्दा तल रहेको भन्दै आन्तरिक पर्यटकमार्फत भए पनि होटल व्यवसाय चलायमान बनाउनकै लागि आफूहरूले यस्तो योजना ल्याएको उनको भनाइ छ ।

पूर्वका पर्यटक पश्चिम र पश्चिमका पर्यटक पूर्व लैजाने योजनाका साथ यो कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराउँदै उनले यस योजनामा सहभागी हुनेहरूको स्वास्थ्य सुरक्षामा पनि कुनै कमी नहुने दाबी गरे । यस अफरमा पोखरा पुग्नेहरूले बिहानको खाजा भने निःशुल्क प्राप्त गर्न सक्नेछन् भन्दै उनले एक्सेलट्रिपले कोरोना भाइरसको प्रकोप र महामारी ६ महिना भन्दा बढी समयसम्म रहेको खण्डमा अन्य गन्तव्यमा समेत यस्ता योजना विस्तार गर्ने लक्ष्य लिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर