काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बगांलको खाडीमा बैशाख २३ गते देखि उत्पन्न न्यून चापिय अवस्था आईतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।
पछिल्लो विकसित प्रणाली’bout न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधि निकै तिब्र गति मा चलेको बताए । सो आँधिको असर भारत को उडिसा लगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने बैशाख २८ गते देखि प्रभाव देखिने उनले बताए ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले जानकारी दिए । ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापिय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ । यो न्युन चापिय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापिय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधिको रुप लिएको छ ।’ उनले भने ‘जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधिको नाम दिएको छ । त्यो समुद्री आँधिको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ ।’
यसै पनि बैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानि पर्ने भन्दै उनले र अहिले नयाँ प्रणालीले गर्दा चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दा मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने बताए । जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।