देशभर रहेका सरकारी अस्पतालका सघन उपचार कक्ष (आईसीयू) सेवा तम्तयारी हालतमा नहुँदा गम्भीर अवस्थामा रहेका बिरामीको उपचार निकै कष्टपूर्ण हुँदै गएको छ । हरेक सरकारी अस्पतालले एक निश्चित मापदण्डअनुसार आईसीयू सेवासुविधा उपलब्ध गराउँनैपर्छ । तर, गम्भीर तथा जटिल बिरामीका लागि उपलब्ध गराइनुपर्ने आईसीयू सेवासुविधा नियमित र भरपर्दो अवस्थामा नहुँदा जटिल प्रकृतिका बिरामी साधरण शøयामा पल्टिएर जीवनमरणको दोसाँधमा छटपटाइरहेका भेटिन्छन् । सघन उपचार कक्षको अभावमा बिरामीको स्वास्थ्यस्थिति यति जटिल र कारुणिक देखिन्छ कि देशमा जनताका लागि सरकार वा अरू कुनै निकाय छ भनी विश्वास गर्न गाह्रो परेको छ ।
सबैभन्दा आवश्यक र जरुरी रहेको बालबालिकाको स्वास्थ्यका लागि निर्मित कान्ति बालअस्पतालमा मापदण्डअनुसार ५२ शøयाको आईसीयू राखिएको देखाइए पनि हाल मुस्किलले ३७ शøया मात्र सञ्चालनमा आउने अवस्थामा हुनु निकै चिन्ताजनक कुरा हो । त्यसैगरी नेपालको सबैभन्दा पुरानो र सबैभन्दा बढी सर्वसाधारणको घुइँचो लाग्ने वीर अस्पतालको हालत यो भन्दा पनि खराब छ । सर्वसाधरणलाई सेवा दिने सिभिल अस्पतालमा पाँच, त्रिवि शिक्षण अस्पतालमा ११ आईसीयू कक्षहरू मात्र उपयोगमा ल्याउन सकिने हालतमा देखिन्छन् । उपयोगमा ल्याइएका कक्षहरू पनि आवश्यक सुविधाविहीन अवस्थामा छन् । राजधानी सहरमा रहेका सरकारी अस्पतालको हालत यस्तो भएपछि दूरदराजका स्वास्थ्य केन्द्रमा सेवा र सुविधाको परिकल्पना गर्ने ठाउँसम्म पनि छैन ।
धनी र पहुँचवाला नेपालमै खोलिएका प्राइभेट अस्पतालबाट आकस्मिक तथा साधरण सेवा लिइरहेका छन् । उनीहरू जतिबेला पनि विदेश जान र उपचार सेवा लिन सक्षम छन् । तर, मध्यम, निम्नमध्यम, गरीब तथा सुकुम्बासीका लागि सरकारी अस्पतालको विकल्प छैन । यसको कारण जर्जर आर्थिक जीवन नै हो । यस्ता न्यून आय भएका वा आय नै नभएका बिरामी नेपालमै खोलिएका प्राइभेट अस्पतालमा उपलब्ध मह“गो स्वास्थ्य सेवा लिन सक्षम छैनन् । यस्तो मह“गो सेवा उनीहरूको पहुँच र कल्पनाभन्दा बाहिर छ ।
सरकारी अस्पतालले भेन्टिलेटरसहितको आईसीयूमा प्रतिदिन ४ हजार २ सय रुपैयाँसम्म शुल्क लिने अवस्थामा निजी अस्पतालमा त यो शुल्क अढाइ गुणा बढी वा प्रतिदिन १० हजारसम्म लिने गरेका छन् । यो भनेको सर्वसाधारण बिरामीका लागि मृत्युको विकल्प नभएको सार्वजनिक घोषणा जस्तै हो । स्वास्थ्यमा व्यापारीकरण भइसकेपछि महँगो शुल्कमा सेवा दिएर पैसा कमाउनेले यसलाई सेवामूलक लगानीका रूपमा लिए पनि सर्वसाधरण जनताको अभिभावकका रूपमा रहेको सरकारले कम्तीमा आफ्ना नागरिकका लागि सरकारी स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्वबाट वञ्चित हुन भने मिल्दैन ।
विश्व अहिले कोरोना भाइरसले आक्रान्त रहेका बखत पूर्वतयारी तथा रोग निदानका लागि हालसम्म आधिकारिक रूपमा काम गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केवल चारवटा आईसीयू बेड मात्र रहेका छन् । जब कि विश्वव्यापी रूपमा फैलिएर महामारीको रूप लिएको यो भाइरस रोक्नका लागि यो अस्पतालको सेवा तथा कार्य क्षमता र यसको कार्यक्षेत्रलाई अबिलम्ब विस्तार गरिनु जरुरी छ, त्यो पनि अति विशिष्ट तथा आईसीयू उपचार कक्षसहित । यस ’boutमा विश्वभरका कोरोना संक्रमित देशले संकटकाल घोषणा गरी आफ्ना नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले पनि सघन उपचारसहितका स्वास्थ्य सेवा अबिलम्ब विस्तार गर्नु जरुरी भइसकेको छ ।
‘आएपछि गरौंला, लागेपछि मरौंला’ भन्नुभन्दा पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो भन्ने तथ्यलाई मनन गरी देशभरका अस्पतालमा सघन उपचार कक्षको हालतमा सुधार र विस्तार गर्नु सरकारको कर्तव्य हुन आएको छ । यस अतिरिक्त सिंगो देशलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयअन्तर्गत ¥यापिड एक्सन टिमसहितको औषधोपचार तथा सेवा तम्तयारी हालतमा राख्नुपर्छ ।